तुलसीपुर,२८ कात्तिक । रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन । आज विहान ११ बजे माडिगाउँपालिका ६ देखि घर्तिगाउँ जादै गरेको रा १ ज ३८३ नम्बरको जीप दुर्घटना हुदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । घाइते तीन जनाको भने सुनिलस्मृति घर्तिगाउँमा उपचार भइरहेको र थप उपचारका लागि बाहिर पठाउँने तयारी भएको प्रहरीले बताएको छ । दुर्घटनामा परेकाहरुको परिचय भने खुल्न सकेको छैन । जीप घर्तिगाउँ स्थित भिरबाट करिव तीन सय मिटर तल खसेको र घटना बारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।