सांकेतीक फाईल फोटो
दाङ,२७ कात्तिक । सुर्खेतमा अटो रिक्सा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन । मृत्यु हुनेमा वीरेन्द्र नगर १ की ४४ वर्षीया जमरा शाही रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधव श्रेष्ठले जानकारी दिनुभयो ।
सुर्खेत–जुम्लारोडको बाङ्गे सिमलदेखि गिरीघाटतर्फ जाँदै गरेको भे १ ह–८४४ नम्बरको अटो रिक्सा दुर्घटना परेको प्रहरीले बताएको छ । त्यस्तै घाइते हुनेमा वीरेन्द्रनगरका ५३ वर्षीय लक्ष्मीबहादुर शाही र २० वर्षीय जगत शाही रहेका छन् । एसपी श्रेष्ठका अनुसार उनीहरु सामान्य उपचारपछि घर फर्किएका छन् । अटो चालक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक २७ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।