२०८३ कार्तिक १४ गते शनिवार

दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु,१९ जना घाइते

तुलसीपुर,२२ कात्तिक । सल्यानको कालीमाटीबाट तुलसीपुर तर्फ आउँदै गरेको यात्रुबहाक जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन । मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका वडा न .३ चौरी बल्ले बस्ने ३२ वर्षीय देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । आज सोमबार बिहान ९ बजे दाङको बबई २ एक्लेबर स्थित भे १ज ५२२ नम्बरको जीप दुर्घटनामा परेको थियो । घाइते १९ जनाको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भैई रहेको छ । जीप चालक फरार रहेको र खोजिकार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २२ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।