२०८३ कार्तिक १४ गते शनिवार

मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

फाईल फोटो

कैलाली,२२ कात्तिक । कैलालीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्की चुहा नगरपालिका ७ बस्ने २५ वर्षीय नरेश रोकाया रहेको प्रहरीले जनाएको छ । जोशीपुर गाउँपालिका–५ मा बा०२०१५प २७३८ नम्बरको मोटसाइकल दुर्घटना हुुँदा एक जनाको मृत्युु भएको सुुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका लागि धनगढी ल्याउने क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलमा सवार अन्य तीन जना समान्य घाइते भएका छन् । लम्की चुुहा नगरपालिका–७ का मोटरसाइकल चालक २५ वर्षकै अभिषेक चौधरी, २० वर्षका जीवन चौधरी र २४ वर्षीय प्रकाश चौधरी घाइते भएको प्रहरीले जनाएको छ । सामान्य उपचारपछि तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २२ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।