तुलसीपुर,१७ कात्तिक । यति बेला दाङ लगाएत देशका विभिन्न गाउँ–शहर झिलिमिली बनेका छन । बजारमा पाइने विद्युतिय झिलिमिलीले आगलागीको खतरा रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ । देशका विभिन्न क्षेत्रमा आगलागी हुनुमा ७० देखि ८० प्रतिशत विद्युत् सटका कारण हुने जुद्ध वारुणयन्त्रका प्रमुख चन्दन श्रेष्ठले जानकारी दिनुभयो ।
तिहारमा ‘धनकी देवी’ लक्ष्मी भित्र्याउने धार्मिक विश्वाससँगै घरमा दियो तथा झिलिमिली बत्ती बाल्ने चलन छ तर चाडपर्वका बेला यस्ता सामग्रीको प्रयोगमा सावधानी नअपनाउँदा अप्रिय घटना हुने गरेको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार तिहारमा घरको प्रायः सबैतिर दियो बाल्ने परम्परा छ । तिहारमा सबैका घरमा विद्युतीय बत्ती बालिन्छ । घरमा भएका सबै विद्युतीय सामग्री (फ्रिज, माइक्रोओभन, टेलिभिजन, राइसकुकर) पनि एकैपटक प्रयोग गर्ने गरिन्छ । यसरी सबै विद्युतीय सामग्री प्रयोगमा ल्याउँदा ओभरलोड भई विद्युत् सर्ट हुने सम्भावना हुन्छ । तिहारमा आउन सक्ने सबै जोखिमबारे पूर्ण तयारी अवस्थामा बस्नुपर्ने सुझाव दिँदै उहाँले जुद्ध वारुणयन्त्र पनि तयारीमा रहेको जानकारी दिनुभयो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।