२०८३ कार्तिक १६ गते सोमवार

मन्दिर निर्माण गर्न अश्वारामा स्थानीयले उठाए दुईलाख

तुलसीपुर, ९ असोज । अश्वारा हरियाली पार्कमा निर्माणाधिन नवदुर्गाभगवतीको मन्दिरलाई पुर्णता दिन त्यहाँका स्थानाीयले दुई लाख ३२ हजार आर्थिक संकलन गरेका छन् । मन्दिरलाई पुर्णतादिन बसेको सर्वपक्षिय सर्वदलिय बैठकमा सहभागी, टोलका अगुवा, समाजसेवी, वुद्धिजिवी तथा स्थानीय बासीले स्वइच्छाले एक सय रुपैयाँदेखि ५५ हजार रुपैयाँसम्म उठाएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाबाट विनियोजित बजेटबाट पनि निर्माण कार्य पुरा नभएपछि, बडादशै अघि मन्दिर उद्घाटनका लागि शौचालय, ढोका, रेलिङ लगाएतका बाँकी पुर्वाधार निर्माणका लािग स्थानीयले आफै आर्थिक रकमा उठाएका हुन् । मन्दिरलाई पुर्णतादिन अझै करिब करिब ११ लाख आर्थिक आवश्यक पर्ने मन्दिर व्यवस्थापन समितिका सल्लाहाकार मदन बस्नेतले जानकारी दिनुभयो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झग्गु साहुको अध्यक्षतामा भएको छलफलमा रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत, नेपाली कांग्रेसका केशव लामीछाने, नेकपा एमालेका टोपबहादुर रोका, समाजसेवी योगेन्द्र बहादुर शाह, (दिपक) शेषमणी शर्मा, जुद्धबहादुर खत्री, दलित अगुवा लालबहादुर विक, समितिका सदस्य ताराबहादुर बस्नेत, लगाएतले स्थानीयको सामाजिक कामा स्थानीयबासी एकतावद्ध भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

मन्दिर निर्माणका लागि सहयोग गर्ने दाताहरु

मन्दिर निर्माणका लागि झग्गु शाहु ५५५५५, मदन बस्नेत, ३०५५५, कृष्णबहादुर डाँगी ११,१११, बासुदेव भुसाल, १११११, प्रेम खड्का १११११, शोभाराम भण्डारी ८५००, जुद्धबहादुर खत्री ६०५५, शेरबहादुर डाँगी ५५५५, चक्रबहादुर भण्डारी ५५५५, तेजबहादुर खड्का ५५५५, रामबहादुर रेउले ५५५५, रुपलाल डाँगी ५५०५, शुरमा बस्नेत ५५००, युवलकी भण्डारी ५५००, हस्तबहादुर विक ५१५५, ओपेन्द्र बस्नेत ५१२५, ऐभान वली ५१०५, तेजबहादुर बस्नेत ५१०५, दिपक शाह, ५१००, शेषमणी लामीछाने ५१००, नन्दुगिरी ५१००, तिलक बस्नेत ५१००, प्रकाश केसी ५११५, टोपबहादुर रोका १५१५, जोगी कामी १२०५, शेवकराम न्यौपाने १२००, लालबहादुर विक ११११, शिवहरी भण्डारी ११११, विष्णु विक ११५५, टेकनाथ योगी ११००, ताराबहादुर बस्नेत ११००, आइते कामी ११००, हस्तबहादुर रसाइली १०२५, अमृत साहु १०१५, अनिल रोका ५५५, प्रेमलाल विकले १२५ रुपैयाँ सहयोग गर्नभएको छ ।

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।