२०८३ कार्तिक १६ गते सोमवार

माधव नेपालसहितका नेता दल दर्ता गर्न निर्वाचन आयोगमा

काठमाण्डौ,९ भदौ । दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) का संयोजक माधव नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेता नेपाल आयोगमा सवैभन्दा पहिला पुग्नुभएको हो । त्यसपछि रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ लगायतका नेताहरु आयोग पुगेका हुन् ।

नेकपा एकीकृत समाजवादीका नेताहरु चन्द्रागिरिबाट पर्यटक बस चढेर सोझै निर्वाचन आयोग पुगेका थिए । निर्वाचन आयोगले दिएको समय अनुसार नेताहरू दल दर्ताका लागि सनाखत गर्न आयोग पुगेका हुन् । आयोगले सनाखतका लागि बिहान ११ देखि २ बजेसम्मको समय दिएको छ । नेकपा एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबाट विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएका थिए । माधव नेपाल अध्यक्ष रहेको नेकपा समाजवादी र महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टीले भदौ २ गते दल दर्ताका लागि निवेदन दिएका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र ९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।