तुलसीपुर, १३ असार । तुलसीपुर क्षेत्रका दुग्ध व्यावसायी किसानलाई पचास प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरिएको छ । लुम्बिनी प्रदेश सरकारको राप्ती लोकमार्ग लक्षित दुग्ध उत्पादन कार्यक्रम(रोड कोरिडोर)अन्र्तगत भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र घोराहीको लागत साझेदारी ५० प्रतिशत अनुदानमा कृषकलाई घाँस काट्ने मेसीन च्याप कटर र दुग्ध क्यान वितरण गरिएको गौमाता दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड तुलसीपुरका सचिव चन्द्र बहादुर डाँगीले जानकारी दिनुभयो । राप्ती दुग्ध उत्पादक कृषि तथा पशुपालन समिति तुलसीपुरको आयोजना तथा गौमाता दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड तुलसीपुरको सहकार्यमा एक कार्यक्रमको आयोजना गरी उक्त सामग्री हस्तान्तरण गरिएको उहाले जानकारी दिनुभयो ।
सहकारी संस्थामा आबद्ध भएका १२ जना किसानलाई पचास प्रतिशत अनुदानमा च्याप कटर वितरण गरिएको छ । यस्तैगरी दुग्ध क्यान दश जना किसानलाई वितरण गरिएको छ । दुग्ध क्यान माग अनुसार एउटा किसानलाई साना र ठुला गरी चार वटा सम्म वितरण गरिएको छ ।च्याप कटरको प्रति मुल्य जम्मा ३८ हजार रुपैया र दुग्ध क्यानको ४० लिटरको आठ हजार, ३० लिटरको साढे सात हजार र २० लिटरको सात हजार रुपैया रहेको छ । यस मध्ये किसानले पचास प्रतिशत अनुदानमा उक्त सामग्री पाएका छन् । राप्ती दुग्ध उत्पादक कृषि तथा पशुपालन समितिका अध्यक्ष लोकराज डाँगीको अध्यक्षता तथा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख डाक्टर वेद बहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
सोहि अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि केसीले प्रदेश सरकारको राप्ती लोकमार्ग लक्षित दुग्ध उत्पादन कार्यक्रम(रोड कोरिडोर)अन्र्तगत दाङको तुलसीपुरमा सन्चालन गरिएको बताउनुभयो । तुलसीपुर देखी फुलवारी सम्मका किसानलाई समेट्ने गरी तिन वर्षे कार्यक्रम सुरु गरिएको उहाले बताउनुभयो । यस क्षेत्रका किसानलाई दुधमा आत्म निर्भर बनाउने उद्देश्यका साथ आफुहरुले विभिन्न कार्यक्रम संचालन गरेको उहाले बताउनुभयो । यसका साथै सहकारीमा आबद्ध कृषक सदस्यहरुलाई आर्थिक रुपमा सवल बनाउने कार्यक्रमको उद्देश्य रहेको डाक्टर केसीले बताउनुभयो ।
गौमाता दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड तुलसीपुरका उपाध्यक्ष अमर बहादुर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गौमाता दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड तुलसीपुरका सचिव चन्द्र बहादुर डाँगीले गर्नुभएको थियो । यस्तैगरी सहकारी संस्थाका पाँच समुहलाई प्रति समुह एउटा राँगा वा साढे, पचास वटा गोठ, साईलेज घाँस वितरण जस्ता कार्यक्रमहरु पनि रहेको संस्थाले बताएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।