२०८३ जेष्ठ १९ गते मङ्गलवार

स्थानिय कृषि उत्पादनलाई जोड दिनुपर्छ : नगरप्रमुख खड्का

तुलसीपुर, १९ जेठ । प्रदेश तथा स्थानिय तह संगको सहकार्यमा अदुवा तथा हलेदो प्रविधि प्रर्वद्धन कार्यक्रम अन्र्तगत विउ उत्पादक , व्यवसायी ,उद्योगी र सरोकारवाला निकाय संगको अन्तरक्रिया कार्यक्रम आज तुलसीपुरमा सम्पन्न भएको छ। अदुवाबाली अनुसन्धान कार्यक्रम, कपुरकोट सल्यानको आयोजना तथा तुलसीपुर उद्योग वाणिज्य संघ तुलसीपुरको व्यवस्थापनमा कार्यक्रम भएको हो ।

अदुवाबाली अनुसन्धान कार्यक्रमका संयोजक डा. घनश्याम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले कृषि उत्पादन बस्तुलाई राज्यले जिम्मेवारी बहन गर्दै बजारीकरणमा जोड दिनुपर्ने बताउनु भएको छ । उहाले स्थानिय स्तरमा कृषि उत्पादनको प्रसस्त सम्भावना भएकाले यसलाई प्रर्वद्धन र उत्पादनमुखीमा जोड दिनुपर्ने बताउनु भएको छ ।

सो अवसरमा कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक चित्र बहादुर रोकायले प्रदेशलाई अदुवा , बेसार उत्पादन क्षेत्रका रुपमा परिचीत भएको बताउनु भएको छ । कार्यक्रममा कृषि ज्ञान केन्द्र दाङ, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना दाङ, सल्यान तथा प्युठानका प्रतिनिधिहरू, राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रका प्राविधिक, उद्योग वाणिज्य संघका पदाधिकारी, कृषक तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले उत्पादन वृद्धि, गुणस्तरीय बिउको उपलब्धता, रोग व्यवस्थापन, प्रशोधन तथा बजार विस्तार लगाएतका विषयमा आफ्ना सुझाव राखेका थिए ।अदुवावाली कपुरकोट प्राविधिक अधिकृत शर्मिला अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको सहजीकरण टेकबहादुर खड्काले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८३ जेष्ठ १९ गते मङ्गलवार
प्रतिक्रिया