तुलसीपुर, १८ कात्तिक । तुलसीपुर उपमहानगरपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको विउ वितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को संघिय सशर्त अनुदान तर्फको उन्नत बीउ प्रयोगमा मूल्य अनुदान कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषकहरुलाई बाईस हजार दुई सय किलोग्राम (दुई सय बिस क्वीन्टल )गहुँको उन्नत बीउ बितरण गरिएको कृषि विकास शाखाका अधिकृत छैठौँ शंकर न्यौपानेले जानकारी दिनुभयो । यो वर्ष गहुँ छर्ने सिजनका लागी कार्यालयले यस अघि सार्वजनिक सुचना जारी गरी कृषक, कृषक समुह,कृषि फर्म र कृषि सहकारी संस्थाहरुबाट निवेदन माग गरेर संकलन भएको आधारमा गहुँको विउ खरिद गरेर वितरण गरिएको उहाले जानकारी दिनुभयो ।
कार्यालयले गहुँको विउ प्रतिकिलो ७६ रुपैयामा खरिद गरी कृषकहरुलाई ५० प्रतिशत अनुदान अर्थात प्रतिकिलो ३८ रुपैयामा वितरण गरेको हो । किसानहरुको माग अनुसार प्रतिकठ्ठा चार किलोग्रामका दरले सिफारिस गरी गौतम, बिजय र बाणगंगा जातका गहुँको उन्नत विउ वितरण गरेको कार्यालयले जानकारी दिएको छ ।किसानहरुले धान खेती ढल्याएर फेरी गहुँ खेती गर्ने तयारी गरेका छन् ।पालिकाले किसानहरुलाई प्रत्येक सिजन अनुसारका उन्नत जानका विउहरु ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।