दाङ,१८ कात्तिक । जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीविरुद्ध सञ्चालन गरेको खोजतलास अभियानलाई तीव्रता दिएको छ। प्रहरीले पाँच दिनको अवधिमा १४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कात्तिक १३ गतेदेखि १७ गतेसम्म कार्यालय तथा मातहतका प्रहरी टोलीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका प्रतिवादीहरूको खोजी गरी पक्राउ गरेको हो।
पक्राउ परेका प्रतिवादीहरूबाट १२ हजार ३३४ रुपैयाँ जरिवाना र ११ वर्ष ७ महिना ३० दिन कैद सजाय समेत तोकिएकोछ । पक्राउ परेका १४ जना प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालत घोराहीमा पेस गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ कार्तिक १८ गते बुधवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।