२०८३ कार्तिक १८ गते बुधवार

पुर्व उपप्रधानमन्त्री रायमाझी भाईटिकाको भोलिपल्ट कारागार मुक्त हुने

फोटो फाईल

काठमाडौ, १८ कात्तिक । नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका पूर्व उपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी रिहा हुन लाग्नु भएको छ। उहालाई कैदमुक्त गर्नका निम्ति काठमाडौं जिल्ला अदालतबाट पत्र प्राप्त भएपछि डिल्लीबजार कारागारले छोड्ने तयारी गरेको हो । रायमाझीलाई कात्तिक २६ गते रिहा गरिने जेलर विक्रम पाण्डेले जानकारी दिनुभयो ।

उहाका अनुसार रायमाझीले ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैद छुटका लागि काठमाडौं जिल्ला अदालतमा निवेदन दिनुभएको थियो । अदालतले उहालाई छोड्न भन्दै कारागारमा पत्र पठाएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा २०८० वैशाख ३१ गते पक्राउ परेका रायमाझीलाई न्यायाधीश तेजबहादुर खड्काको इजलासले २०८३ असार ३० गते चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

प्रकाशित मिति : २०८३ कार्तिक १८ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।