दाङ १७ कात्तिक । नेपाली कांग्रेसका पुर्व सभापति सेर बहादुर देउवा पक्ष समुहले १५ औँ महाधिवेशन अन्र्तगत दाङमा जिल्ला अधिवेशनको आयोजना गरेको छ । नेपाली कांग्रेस १५ औँ महाधिवेशन तयारी समिति दाङको आयोजनामा सोमवार घोराहीमा अधिवेशन गरिएको छ । अधिवेशनको उदघाटन हुनु अगाडी घोराही बजार क्षेत्रमा ¥यालीको आयोजना गरिएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले गोपालराज शर्मालाई जिल्ला सभापतिमा निर्विरोध निर्वाचित गरेको हो ।
जसमा उपभापतीमा सुरेन्द्र खड्का र भगवानदास यादव चयन हुनु भएको छ । यस्तै सचिवमा पुर्ण मल्ल र गेहेन्द्र वली, सहसचिवमा राम बहादुर केसी र अनिता विक चयन हुनु भएको छ भने सदस्यहरुमा डम्वर बहादुर भण्डारी, हरिप्रसाद भुसाल, गुमानसिंह वली, चेतनाथ ज्ञवाली, मान बहादुर गुरुङ, नन्दलाल पुन, रेशम नेपाली र सेवकला कडेल लगाएतका रहनु भएको छ । देउवा पक्षले आउदो मंसीरमा १५ औँ केन्द्रिय महाधिवेशन गर्ने गरी तयारी गरेको छ । कांग्रेस संस्थापन पक्षले भभभने यस अघि असोज १८ गते १५ औँ महाधिवेशनको आयोजना गरी गगन थापाको नेतृत्वमा नयाँ केन्द्रिय पदाधिकारी चयन गरीसकेको छ । तर देउवा पक्षले छुट्टै १५ औँ महाधिवेशनको तयारी स्वरुप गतिविधिहरु गर्दै आएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।