काठमाडौ, १८ कात्तिक । सरकारले मंगलवार देखी भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सुरु गरेको छ । यस अघि कात्तिक २ र ३ गते अभियान संचालन गर्ने भनिएकोमा नेपालीहरुको महान चार्ड दशै पर्व परेकोले मिति सारिएको थियो । हिजो देखी सुरु यो अभियान आज बुधवार पनि संचालन हुने छ । ६ महिना देखि ५९ महिनाका शिशु तथा बालबालिकालाई खुवाउन लागीएको हो । हिजो छुटेका बालबालिकालाई आज पनि स्थानिय स्वास्थ्य मार्फत खुवाउन सकिने भएको छ ।
स्वास्थ्यकर्मीहरुले हिजो खुवाउन छुटेका बालबालिकाहरुलाई आज पनि स्वास्थ्य संस्था र स्थानिय महिला स्वास्थ्य स्वंयम सेविका मार्फत सम्पर्क गरी खुवाउन सकिने बताएका छन् । बालबालिकालाई भिटामिन ए र जुकाको औषधी नछुटाईन खुवाउन उनीहरुले आग्रह गरेका छन् । बालबालिकालाई नियमित रुपमा भिटामिन ए र जुकाको औषधी खुवाउनाले रोगप्रतिरोधात्मक क्षमता बढ्ने र बालबालिकाहरु अशक्त हुनबाट जोगिन मद्दत पुग्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।