दाङ,१८ कात्तिक । दाङमा ब्राउन सुगरजस्तो देखिने लागुऔषधसहित एक जना पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१४ रामनगर टोल निवासी ५१ वर्षीय ललितराज कुँवर क्षेत्री रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार क्षेत्रीले आफ्नै घरमा ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले मंगलबार दिउँसो उनको घरमा छापा मारेको थियो।
प्रहरी टोलीले घर खानतलासी गर्ने क्रममा कोठामा लुकाइछिपाइ राखेको ५ ग्राम ३०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला पारेको थियो। प्रहरीले उक्त पदार्थसहित उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेका क्षेत्रीको साथबाट ७ हजार ६८० रुपैयाँ नगद र दुई थान मोबाइलसमेत बरामद गरेको जनाएको छ। पक्राउ परेका क्षेत्रीलाई दाङ जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।