२०८३ कार्तिक १८ गते बुधवार

आईजीपीमा दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई नियुक्त

फोटो फाईल

काठमाडौ, १८ कात्तिक । सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी)बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो । बैठकले आईजीपी कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ ।

एआईजी मनोज केसी अहिले नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत हुनुहुन्छ । यसअघि आईजीपी कार्कीलाई सरकारले हटाउन चाहेको समाचार प्रकाशित भएको थियो । त्यही समाचरको स्रोत खोज्दै प्रहरी सञ्चारमाध्यममा प्रवेश गरेको थियो । कार्कीले गत वर्षको कात्तिक २७ गतेदेखि महानिरीक्षकको कार्यभार सम्हाल्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ कार्तिक १८ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।