तुलसीपुर, ८ असार । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ मा युवा तथा किसानलाई राहात र कृषि यान्त्रिकरण सामग्री वितरण गरिएको छ । लुम्बिनी प्रदेश सरकारको कोभिड १९ प्रभावित कार्यक्रम अन्र्तगत वडाका युवा तथा कृषकलाई कृषि यान्त्रिकरण वितरण गरिएको वडा अध्यक्ष माधव वलीले जानकारी दिनुभयो । उहाका अनुसार चालु आर्थिक वर्षको कार्यक्रम अन्र्तगत भएकाले १२३ जना युवालाई बाख्रा पालन व्यावसाय संचालनका लागी दश हजारका दर आर्थिक साहयता उपलब्ध गराउन थालिएको छ ।
कोरोना प्रभावका कारण बेरोजगार बनेको युवाहरुलाई लक्षित गदै उनीहरुलाई दश हजार आर्थिक साहयता दिईएको हो । अब उनीहरुले थप दश हजार गरी बिस हजारमा बाख्रा खरिद गरी व्यावसाय संचालन गर्नेछन् । यस्तैगरी वडा भित्रका ५८ जना किसानलाई च्यापकटर वितरण गरिएको छ ।
कार्यक्रमबाट बढिमा २० हजार सम्म अनुदान र बाँकी रकम कृषकले व्यहोर्ने गरी घाँस काट्ने च्यापकटर लगाएत अन्य यान्त्रिकरण वितरण गरिएको वडा अध्यक्ष वलीले जानकारी दिनुभयो । युवा तथा कृषकहरुको माग बमोजिम आफुहरुले राहात हुने गरी सहुलियतमा यान्त्रिकरण वितरण गरिएको बताउनुभयो । राहात तथा यान्त्रिकरण पाएपछि युा र कृषकहरु खुशी देखीएका छन् ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।