२०८३ कार्तिक ११ गते मङ्गलवार

६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप

काठमाण्डौ, ८ असार । देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । किराको प्रकोपका कारण खेत र बारीको मकै बाली नष्ट पारेको किसानहरूले गुनासो गरेका छन् । केही समय अघिसम्म खेतको मकैलाई क्षति पु¥याएको फौजी किरा अहिले देशभरको ६४ जिल्लामा फैलिएको प्लान्ट क्वरेन्टिाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

किरा फैलिएकोबारेमा विवरण संकलन भइरहेको र त्यसको व्यवस्थापनका लागि काम चलिरहेको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । नेपालमा फौजी किरा प्रवेश गरेको दुई वर्ष भइसकेको छ । फौजी किराका कारण हुने क्षति रोक्नका लागि तीन तहकै सरकार काम गरिरहेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०७८ असार ८ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।