२०८३ कार्तिक ११ गते मङ्गलवार

कृषि सामग्री कम्पनीले खरिद ग¥यो ६० हजार टन मल

काठमाण्डौ, १७ फागुन ।कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डर मार्फत खरिद गरेको ६० हजार टन मल नेपाल भित्रिएको छ । स्विस सिंगापुर कम्पनीसँग खरिद गरेको ३० हजार टन युरिया र भारतको देश ट्रेडिङ कम्पनीसँग खरिद गरेको ३० हजार टन डीएपी मल तीन वटा नाकाबाट नेपाल ल्याइएको प्रवक्ता विष्णु प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

दुई साताअघि कम्पनीले २५ हजार टन युरिया नेपाल भित्रिएर त्यसको अधिकांश परिमाण माग भएका जिल्लामा परिचालनसमेत गरिसकेको उहाँको भनाइ छ ।एक महिनायता ५५ हजार टन युरिया र ३० हजार टन डीएपी मल भित्रिएकोले मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु प्रसाद पोखरेलले बताउनुभयो ।

सरकार सरकारका बीचमा भएको सम्झौता अनुसार बंगलादेशबाट आउन लागेको २२ हजार ५ सय टन युरिया मल अर्कोसाता मात्रै नेपाल आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।