तुलसीपुर, १५ फागुन / तुलसीपुरमा ३ दिनसम्म भएको घोडा स्वास्थ्य शिवीरमा एक सय बढी घोडाले उपचार सेवा लएका छन् । फागनु ११ देखि १३ गतेसम्म संचालन भएको स्वास्थय शिबिरमा एक सय ८० वटा घोडालाई टिटनासक र जुकाको औषधी दिएको पशु सेवा शाखा कार्यालय तुलसीपुरका अधिकृत सुवाश आर्चाले जानकारी दिनुभयो ।
घोडाले अनाज खाने भएकाले आन्तरिक परजिवी अर्थात जुका पर्ने र घोडाको दिशा र पिशावमा टिटनासकको व्याक्टेरिया पाइने भएकाले पनि टिटनासकको जोखिम धेरै हुने भएकाल टिटनासक र जुकाको औंषधी दिएको अधिकृत आचार्यले बताउनुभयो । विभिन्न समयमा गरिने घोडा लागएत विभिन्न पशुमा लाग्ने विभिन्न रोगको उपचारका लागि प्राविधिक, औषधी र तालिमको सहयोग पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाले निशुल्क सहयोग गर्दै आएको संयोजक रमण मिश्राले जानकारी दिनुभयो ।
संयोजक रमन मिश्रका अनुसार तुलसीपुरमा नवलपुर, राइखलियान, बेलगनार, सुकौरा, मोतिपुर, वनगाउँबाट किसानहरूले घोडा ल्याएका थिए । स्वास्थ्य तालिम तथा परामर्श सेवाको प्राविधिक सहयोगमा शिविरको आयोजना पशु सेवा शाखा तुलसीपुरले गरेको थियो । शिविर फागुन ११ गतेदेखि १३ गतेसम्म संचालन भएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।