टिमुर खेतिका विषयमा तुलसीपुरमा छलफल

तुलसीपुर, १४ फागुन / कृषी वनमा आधारित टिमुर खेतिको अभ्यासका विषयमा तुलसीपुरमा व्यापक छलफल गरिएको छ । पारिवारीक निजी वन संघ दाङले नगर स्तरिय अन्तरक्रिया कार्यक्रमको ओजना गरेर तुलसीपुर उपमहानगरपालिकाको पहाडी क्षेत्रमा टिमुर खेतिको सम्भावना र चुनौतिका विषयमा छलफल गरेको हो ।

निजी वन संघले तुलसीपुर उपमहागनरपालिकाको पहाडी क्षेत्र मानिएका १, ३ र ४ मा कृषी वनमा आधारित टिमुर खेतिको अभ्यास गरेको छ । जहाँ १७ हजार टिमुरका विरुवा रोपीएको छ । सो अवसर पारिवारी निजी वन संघका केन्द्रीय अध्यक्ष जोगराज गिरीले समृद्ध नेपालको लक्षमा पुग्न कृषी वनमा आधारित खेति प्रणालीको विकल्प नभएको बताउनुभयो ।

प्राकृति स्रोतमा स्थानीयको पहूच पु¥याउनका लागि पैरवी गर्नुका साथै देशका ६३ जिल्लामा भौगोलिक भू–वनावट अनुसार कृषी वनमा आधारित खेतिको अभ्यास गरेर नागरिककलाई आत्मनिर्भर बनाउने बाटोमा अग्रसर रहेको बताउनुभयो ।
पारिवारीक निजी वन संघका अध्यक्ष पदम केसीको अध्यक्षतामा भएको कार्यक्रममा आईयु सिएनका वरिष्ट कार्यक्र अधिकृत रक्षा शाह, कप्सनका केन्द्रीय सदस्य भुपबहादुर केसी,  तुलसीपुर उपमहागनरपालिका कृषी विकास माहाशाखा प्रमुख धनराज गौतम , सामुदायिक वन उपभोक्ता महासंघ तुलसीपुरका अध्यक्ष चन्द्र बहादुर वली, निजी वनका सूचना अधिकारी प्रज्ञा दहाल लगाएतले बोलेका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार
प्रतिक्रिया