२०८३ कार्तिक ११ गते मङ्गलवार

‘बाख्रापालन व्यवसायीबाट आत्मनिर्भर बन्दै नाकाबासी’ 

दाङ, १४ माघ / दाङको राजपुर गाउँपालिकामा व्यवसायी रूपमा बाख्रा पालनको सुरुवात भएको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका स्थानीयले व्यवसायी रूपमा बाख्रा पालन गर्न थालेका हुन् । पहिले घरायसी प्रयोगको लागि दुईरचारवटा बाख्रा पालन गरेर राम्रो आम्दानि हुन थालेपछि व्यवसायी बाख्रापालन तर्फ आकर्षित हुन भएका हुन् । अहिले भौवानाकामा करिब ६० घरधुरी संख्याले व्यवसायी रूपमा बाख्रा पालन गर्न थालेका छन् । यस्तै भौवानाका निवासी मंगलसेनले व्यवसायी रूपका बाख्रा पालन गर्दै राम्रो आम्दानि गर्दै आएका छन । उनले २०७१ साल देखि ७२ सयमा पाँचवटा बाख्राबाट व्यवासायी सुरुवात गरेको जानकारी दिए । गतर्ष बाख्रा विक्रि गरेर दुई देखिर ढाइलाख आम्दानि गरेको उनको भनाइ छ । यस्तै सोही ठाउँ निवासी पूर्णबहादुर झाक्रिले बाख्रा विक्रि गरेर यसवर्ष चारदेखिरछ लाखसम्म आम्दानि गर्ने लक्ष्य राखेको जानकारी दिए । ‘नाकाको मुख्य आयस्रोत भनेकै बाख्रापालन हो । छिमेकी राष्ट्र भारत सहित नेपालको विभिन्न ठाउँमा बाख्रा विक्रि गरेर मनग्गे आम्दानि गर्दै आएछु । पाँचवटा बाख्राबाट व्यवसायी सुरुगरेको अहिले एकसय सत्रवटा बाख्रा बनाउन सफल भएको छु, व्यवसायी सेनले भने ।’ ‘बाख्रा विक्री गरेर वार्षिक दुईदेखि ढाइलाख सम्म आम्दानि हून्छ । उनले भने,–। ‘एउटा कखि ६२ किलो सम्म बनाएको थिए । गाउँमा सबैभन्दा धेरै बाख्रा उत्पादन गर्ने र विक्री गरेर राम्रो आम्दानि गर्दै आएको छु । दाङ, प्युठानको लामि डाँडा, दमार गाउँ, बाँके, लगायतका ठाउँबाट व्यापारीहरू बाख्रा किन्न आउने गरेका छन् ।’ नाकामा दक्ष पशु प्राविधिकको आवश्यक  भारतसंग जोडिएका दाङको राजपुर गाउँपालिका अन्तरगत विभिन्न नाकाक्षेत्रका बाख्रा पालन व्यवसायीले नाकामा दक्ष पशु प्राविधिक नहुँदा गुनासो गरेका छन् । नाकाक्षेत्रका मुख्य आयस्रोत भनेकै बाख्रापालन व्यवसायी हो तर, उक्त व्यवसायी गर्दै आएका नाकाबासीहरुले नाकाक्षेत्रमा दक्ष पशु प्राविधिक नहुँदा गुनासो गरेका हुन् । ‘औषधी नहुँदा बाख्रामा लागेको रोग निर्मुल गर्न सकिएको छैन । समयमा बाख्रालाई उपचार र भ्याक्सिन दिन नपाउँदा बाख्रा मरेर जाने गरेको छ, भौवाकानाका निवासी मैगलसेनले भने,–। ‘एक्कासी राति एकबजे बाख्रा विरामी भयो । नाकामा पशु स्वास्थ्य केन्द्र छैन । बाख्रा उपचारको लागी भारत जाउ बन्द छ । यहाँबाट राति चारबजे घरबाट दुई घण्टा पेदल हिडेर कुसुम पुगे तर बाख्रा बचाउन सकिन ।’ ‘नाकाको मुख्य आयस्रो भनेर गाउँपालिका विभिन्न कार्यक्रममहरुमा भाषण गर्छ तर, नाकामा एउटा पशु स्वास्थ्य केन्द्र स्थापना गर्न सकेको छैन । गाउँपालिकाले यो विषयमा ध्यान नदिएकै कारण बाख्रापालन व्यवसायी ठूलो मारमा गरेको छाँै । रोगले बाख्रा मर्न थालेपछि स्थानीयले घुइँयाको मोलमा बाख्रा विक्रि गर्न बाध्य छन् ।’ दक्ष पशु प्राविधिक भएको भए र प्रभाविधिकको सल्लाह अनुसार हामीले बाख्रा पालन लाई अगाडि बढाउन सक्छौ ।।    

प्रकाशित मिति : २०७७ माघ १४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।