तुलसीपुर, ३ पुस । पकेट क्षेत्र मानिएको बबई गाउँपालिका–७ झारगजेरी लगाएतका स्थानमा अनुगमण गरिएको छ । दलित सेवा संघ र विकाष कोष नर्वेको साझेदारीमा पश्चिम दाङका विभिन्न स्थानमा संचालित तरकारी खेति र ग्रिल उद्योगको अनुगमण गरिएको हो ।
दलित सेवा संघको सहयोगमा झारगजेरीमा २० जना थारु समुदायले एक विघाहमा तरकारी खेति गरेका छन् भने पूर्व हापुरेमा २० जना गन्धर्व समुदायले दुई विघाहमा तरकारी खेति गरेका छन् । टमाटर, काउली, बन्दागोपी, खुर्सानी, आलु, भाजी, केराउ, सिमी उत्पादन गरेर जीवन निर्भाह गर्दै आएपनि प्रयाप्तमात्रामा सिचाई नहुँदा समस्या भएको कृषक कालिमैया चौधरीले बताउनुभयो ।
बारीको छेवमै बबई नदी बगेपनि लिफ्ट मार्फत खेतबारीमा पानी ल्याउन नसक्दा हेरेर चित्त बुझाउनुको विकल्प नभएको चौधरीको भनाई छ । सो अवसरमा बबई गाउँपालिका उपाध्यक्ष साबीत्रा विकले सिंचाई, बजारीकरण र विद्युत लाईन विस्तारका लागि गाउँपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अनुगमणमा बबई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्ल, दलित सेवा संघकी अध्यक्ष लिला विक, बबई गाउँपालिका कृषीशाखा प्रमुख चन्दशोभा कंडेल, दलित सेवा संघका टेक्निकल अफिर रक्षा खड्का, सामाजिक परिचालन अधिकृत छवि परियार लगाएतको सहभागीता रहेको थियो । विभेदमा पारिएका समुदायको जिविको पार्जनमा सहयोग पु¥याउने उद्देश्यले संघले कृषकलाई प्राविधिक, विउँविजन, किटनासक औंषधी तथा खेति गर्नका लागि जग्गा समेत उपलब्ध गराउँदै आएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।