तुलसीपुर ३० मंसीर । तुलसीपुर उपमहानगरपाक पर्ने रासायिनिक मल वितरणका लागी तुलसीपुर उपमहानगरपालिकाले निवेदन माग गरेको थियो । सोहि अनुसार रित पुर्वक आएका ५६ वटै सहकारी संस्थाहरुको नाम सुचिकृत गरिएको तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख धनराज गौतमले जानकारी दिएका छन् । उनका अनुसार ५३ वटा सहकारी संस्था पुराना र तिन वटा नयाँ गरी ५६ वटा सहकारी संस्थाले मल वितरणका लागी निवेलिका क्षेत्र भित्र ५६ वटा सहकारी संस्थाले सरकारी अनुदानको रासायिनिक मल विक्रि वितरण गर्न पाउने भएका छन् ।
किसानलाई आबश्यदन पेश गरेका थिए । ती सवै सहकारी संस्थाको छनौट प्रक्रिया अनुसार गएको मंसीर ७ गते कार्यालयले सुचिकृत गरेको हो । अब सहकारी संस्थाहरुले किसानहरुको आबश्यकता र माग अनुसार सरकारी अनुदानको मल विक्रि वितरण गर्न पाउने भएका छन् । तुलसीपुर वडा नम्वर १ देखी १९ वटै वडा सम्म सहकारीहरुको आ. आफनो कार्यक्षेत्र तोकिएको छ ।
ती सहकारी संस्थाले कृषि विकास शाखाले मल विक्रि वितरणका लागी दिएको अनुमती प्रमाण पत्रको आधारमा आफुहरुको तोकिएको कार्यक्षेत्र अनुसार किसानलाई आबश्यक पर्ने रासायिनक मल कृषि सामग्री कम्पनी ,साल्ट ट्रेडिङ तथा डिलरबाट खरिद गरी विक्रि वितरण गर्न पाउने छन् । चालु आर्थिक वर्षका लागी तुलसीपु्र क्षेत्रका लागी आबश्यक पर्ने छ हजार मेट्रीक टल रासायिनिक मलको माग गरिएको छ । शाखा प्रमुख गौतमका अनुसार तुलसीपु्र क्षेत्रमा कृषकलाई चाहिने युरिया मल ३५ सय मेट्रिक टन, डिएपी मल २५ सय मेट्रिक टन र पोटास पाँच सय मेट्रिक टन माग गरी लुम्बिनी प्रदेश सरकार समक्ष पठाईएको छ ।
आफुहरुको माग विवरण प्रदेश सरकारले केन्द्रमा समेत पठाईसकेको उनको भनाई छ । वडा नम्वर १ मा २, वडा नम्वर २ मा ५ , वडा नम्वर ३ मा ३ वटा, वडा नम्वर ४ मा १ , वडा नम्वर ५ मा १, वडा नम्वर ६ मा २ , वडा नम्वर ७ मा ५, वडा नम्वर ८ मा ३, वडा नम्वर १० मा २, वडा नम्वर ११ मा ४, वडा नम्वर १२ मा ४ , वडा नम्वर १३ मा २, वडा नम्वर १४ मा ३, वडा नम्वर १५ मा ६, वडा नम्वर १६ मा ४,वडा नम्वर १७ मा ६, वडा नम्वर १८ मा २ र वडा नम्वर १९ मा एउटा सहकारी संस्थाले मल विक्रि वितरणका लागी अनुमती पाएका छन् ।
सहकारीको नाम विवरण
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ मा सरकारी अनुदानको रासायिनिक मल विक्रि वितरणका लागी दुई वटा सहकारी संस्थाले अनुमती पाएका छन् । जसमा पवननगर कृर्षी सहकारी संस्था लिमिटेड र अनन्त स्मृति कृर्षी सहकारी संस्था रहेका छन् । यस्तै वडा नम्वर २ मा अरुणोदय बहुउदेश्यीय सहकारी संस्था लिमिटेड, सरस्वती कृर्षी सहकारी संस्था लिमिटेड, रतननाथ कृर्षी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड, दर्पण कृर्षी सहकारी संस्था लिमिटेड र झरना कृर्षी सहकारी संस्था लिमिटेड, वडा नम्वर ३ मा परिवर्तन कृर्षी सहकारी संस्था लिमिटेड, गाउवेसी जन कृर्षी सहकारी संस्था लिमिटेड र भट्टे कृर्षी सहकारी संस्था लिमिटेड , वडा नम्वर ४ मा चमेरीगुफा कृर्षी सहकारी संस्था लिमिटेड, वडा नम्बर ५ मा तुलसीपुर सहकारी संस्था लिमिटेड, वडा नम्बर ६ मा उरहरी गल्ला पसल र ॐ त्रिशिद्धेश्वरी कृर्षी सहकारी संस्था लिमिटेड, वडा नम्बर ७ मा नवबिहानी तरकारी तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, शुभारम्भ साना किसान कृर्षी सहकारी संस्था लिमिटेड, शिबशक्ति बहुउदेश्यीय सहकारी संस्था लिमिटेड, सुबिधा महिला सहकारी संस्था लिमिटेड र हाम्रो पहुच बहुउदेश्यीय सहकारी संस्था लिमिटेड , वडा नम्बर ८ मा नवदुर्गा कृर्षी सहकारी संस्था लिमिटेड, थरकोट कृर्षी सहकारी संस्था लिमिटेड र सुर्यज्योती कृर्षी सहकारी संस्था लिमिटेड, वडा नम्बर १० मा गौरी भगवती कृर्षी सहकारी संस्था लिमिटेड र टरिगाँउ महिला साना किसान कृर्षी सहकारी संस्था लिमिटेड , वडा नम्बर ११ मा साना किसान कृर्षी सहकारी संस्था लिमिटेड, पशुपती आत्मनिर्भर कृर्षी सहकारी संस्था लिमिटेड, ॐ त्रिशक्ति कृर्षी सहकारी संस्था लिमिटेड र श्रिराम कृर्षी सहकारी संस्था लिमिटेड, वडा नम्बर १२ मा सोमनाथ कृर्षी सहकारी संस्था लिमिटेड, हाम्रो जनमुखी उपभोक्ता सहकारी संस्था लिमिटेड , हाम्रो नवजागरण कृर्षी सहकारी संस्था लिमिटेड र पवित्र कृर्षी सहकारी संस्था लिमिटेड, वडा नम्बर १३ मा उत्तरचेरे कृर्षी सहकारी संस्था लिमिटेड र फुलबारि कृर्षी सहकारी संस्था लिमिटेड, वडा नम्ब्र १४ मा ग्रामिण किसान कृर्षी सहकारी संस्था लिमिटेड, ग्वारखोला कृर्षी सहकारी संस्था लिमिटेड र मटेरा ताजा तरकारी उत्पादन कृषी सहकारी संस्था लिमिटेड रहेका छन् ।
यस्तैगरी वडा नम्बर १५ मा भयारथान कृर्षी सहकारी संस्था लिमिटेड, कन्ज्वार कृर्षी सहकारी संस्था लिमिटेड, मनोहरपुर कृर्षी सहकारी संस्था लिमिटेड , हरचाली कृर्षी सहकारी संस्था लिमिटेड, डुरुवा पहेलपार कृर्षी सहकारी संस्था लिमिटेड र मलवार कृर्षी सहकारी संस्था लिमिटेड, वडा नम्ब्र १६ मा दहरचण्डी कृर्षी सहकारी संस्था लिमिटेड, श्रमजीवी कृर्षी सहकारी संस्था लिमिटेड, लहलौरा कृर्षी सहकारी संस्था लिमिटेड र पिपलचौतारा कृर्षी सहकारी संस्था लिमिटेड , वडा नम्बर १७ मा गौरीडाँडा कृर्षी सहकारी संस्था लिमिटेड, जनचेतना कृर्षी सहकारी संस्था लिमिटेड, सग्रांमखोला कृर्षी सहकारी संस्था लिमिटेड, मानपुर महिला साना किसान सहकारी संस्था लिमिटेड, मिरमिरे कृर्षी सहकारी संस्था लिमिटेड र बघौसीहरियाली कृर्षी सहकारी संस्था लिमिटेड , वडा नम्बर १८ मा विजौरी साना किसान सहकारी संस्था लिमिटेड र जनता वहुमुखी तथा दुग्ध उत्पादन कृर्षी सहकारी संस्था लिमिटेड र वडा नम्बर १९ मा उर्वर कृर्षी सहकारी संस्था लिमिटेडले मल विक्रि वितरण गर्न पाउने भएका छन् ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।