२०८३ कार्तिक ११ गते मङ्गलवार

नाकाबासी भन्छन् :बजार पु¥याउँन नसक्दा घरमै कुहिन्छ ‘घुइया’

खबरीनाका, ७ मंसिर ।  दाङको गढवा गाउँपालिका वडा नम्बर ८ खबरीनाकाका स्थानीयले व्यवसायी रूपमा घुइया खेति गर्दै आएका छन् । खबरीनाकाका करिब आठ घरधुरी संख्याले परम्परागत रूपका व्यवसायी घुइया खेति गर्दै आएका हुन् । सुरूमा घरायसी प्रयोगको लागि दुईचारवटा बिरुवा लगाएर सुरु गरिएको र उत्पादन राम्रो हुन थालेपछि व्यवसायी रूपमा घुइया खेति तर्फ आकर्षित हुन थालेको गढवा गाउँपालिका वडा नम्बर ८ खबरी नाका निवासी चन्द्रबहादुर बुढाले जानकारी दिए ।उत्पादन राम्रो भएपछि खबरीनाकाका चन्द्रबहादुर बुढाले चार कठ्ठा जग्गामा घुइया खेति गरेका छन् । तर उत्पादन गरेको घुइयाले बजार नपाउदा घरमै कुहिएर जाने गरेको स्थानिय चन्द्रबहादुर बुढाले जानकारी दिए ।

उनले भने ‘बैशाखमा चारहजार बराबरको एक कुण्टल स्थानीय जातको घुर्इयाको बीउ लगाए । उत्पादनमा वृद्धि भयो । कार्तिक महिना देखि घुइया विक्रि गर्ने हुन्छ । तर, घुइयाले बजार पाउँदैन । घुइया विक्रि गर्न नेपाल जाने बाटो नहुँदा वनको बाटो हुदैँ भारतको बालापुर लैजानुपर्ने बाध्यता छ ।’ ‘सिमा क्षेत्रमा उत्पादन गरिएको घुइयाले नेपाली बजार नपाउँदा सस्तो मुल्यमा भारतीय बजारमा घुइया विक्री गर्न बाध्य भएका छौ ।’ भारतको बालापुर बजारमा नेपाली मुल्य प्रति चालीस किलोको दरले घुइया विक्रि गर्दै आएको छु, बुढाले भने,–। ‘घुइयाले भनेको जस्तो बजार नपाउँदा वर्षेनि एक कुन्टल भन्दा बढि घरमै कुहिएर जाने गरेको छ ।

बजार पाएको भए अलिबढि लगानी लगाएर जग्गा लिजमा लिएर व्यवासयी बढाउने इच्छा छ ।’ गतवर्ष नौ कुन्टल घुइया उत्पादन गर्नु भएका बुढाले यसवर्ष बाह्य कुन्टल घुइया उत्पादनमा सफलता हाँसिल गरेको जानकारी दिए । ‘प्रत्येक वर्ष घुइया उत्पादनमा वृद्धि भएको छ । तर, उत्पादन गरेको घुइयाले बजार नपाउदा हरेक वर्ष एक कुन्टल घुइया कुहिएर जाने गरेको छ, बुढाले भने ।’

‘गतवर्ष लगानी समेत उठेन । चार हजार घाटा लाग्यो । बजार नपाउदा घरमै कुहिएर जान्छ, बुढाले भने–। ‘घुइयाले बजार नपाएपछि गाउँका स्थानीयलाई निशुल्क दिने गरेको छु । यसवर्ष आठ हजार बराबरको दुई कुन्टल घुइया विक्रि गरेर छु । बजार पाएर घुइयाले राम्रो मूल्य सहित बजार पाएको भए पाचास छाठि कुण्टल उत्पादन गर्थें तर, बजार पु¥याउन सकेको छैन ।’ ‘अन्य नाकाको तुलनामा भन्दा बखरीनाकामा तरकारी खेति राम्रो खेति हुन्छ तर, बजारमा पु¥याउन सकिदैन ।’ यता अर्का स्थानीय मनमाया गुरूङले पनि डेर कठ्ठा जग्गामा व्यवसायी रूपमा घुइया खेति गर्दै आएको जानकारी दिए । खबरीनाकामा व्यवसायी घुइया खेति गर्ने कृषकहरूको संख्या बढ्दैछ । यसवर्ष पन्ध्र घरधुरी संख्याले घुइया खेति गर्न लागेको उनले बताए ।

प्रकाशित मिति : २०७७ मङ्सिर ७ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।