काठमाडौं , २३ भदौ । अखिल नेपाल किसान महासंघले जग्गाको कित्ताकाट फुकुवा गरेकोमा चर्को विरोध गरेको छ । सरकारले तीन बर्षदेखि रोकिराखेको कित्ताकाट फुकुवा गर्ने कदमको चर्को विरोध गर्ने महासंघ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको संगठन हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले ५ दिनअघि भदौ १८ गते जग्गाको कित्ताकाट फुकुवाको निर्णय गरेपनि निर्णय भदौ २२ गते सार्वजनिक भएको थियो ।
महासंघका संयोजक हरि पराजुली र सहसंयोजक चित्रबहादुर श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै कित्ताकाट फुकुवाको निर्णयबाट दुःखी र आक्रोशित बनाएको भन्दै कित्ताकट र कृषि भूमिको खण्डिकरण रोक्न माग गरेका छन् ।
महासंघले सरकारको यो निर्णय वैज्ञानिक भूमिसुधार नीति विपरित र किसानविरोधी तथा भूमाफियाको पक्षमा भएको उल्लेख गरेको छ ।
प्रकाशित मिति : २०७७ भाद्र २३ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।