दाङ, १० भदौ ।
दाङ सहित देशभर रासायिनिक(युरिया) मलको अभाव भईरहेको अवस्थामा साल्ट ट्रेडिङ कर्पोरेसनले खरिद गरेको यूरिया मल नेपाल भित्रिन सुरु भएको छ । पछिल्लो तीन दिनमा वीरगन्ज र विराटनगर नाका भएर तीन हजार सात टन यूरिया मल नेपाल भित्रिएको साल्ट ट्रङले जनाएको छ ।
मंगलबार साँझ वीरगन्जमा रेलमार्फत एक र्याक २५ सय टन र विराटनगरमा तीन दिनदेखि ट्रकमार्फत ५०७ टन यूरिया मल भित्रिएको कर्पोरेसनका सूचना अधिकारी कुमार राज भण्डारीले जानकारी दिए ।कर्पोरेसनले नेपाल भित्र्याउन जिम्मा पाएको ३२ हजार टनमध्ये तीन हजार टन मल नेपाल भित्रिएको हो । कलकत्ता बन्दरगाह आएर थन्किएको बाँकी २९ हजार टन मल नेपाल भित्रिन अझै तीन साता लाग्ने कर्पोरेसनले जनाएको छ ।
प्रकाशित मिति : २०७७ भाद्र १० गते बुधवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।