तुलसीपुरमा दुधको मुल्य ८० रुपैया

तुलसीपुर, २ साउन ।

सरकार मातहत रहेको डिडिसीले जारी गरेको दुध तथा दुग्धजन्य पदार्थको मुल्य कार्यन्वयन आउने भएको छ । तुलसीपुरका डेरी व्यवसायीहरुको शुक्रवार बसेको बैठकले तुलसीपुरमा समायोजन गरिएको दुधको मुल्य साउन ३ गतेदेखि लागु गर्ने निर्णय गरेको छ ।दुधको मुल्य वृद्धिका लागि लामो समयदेखि किसानहरुले माग गर्दे आएका थिए । किसानहरुको दुध उत्पादनको लागत मुल्य नउठेको भन्दै दुधको. मुल्य वृद्धिका लागि माग गरेको व्यवसायीक पशुपालक किसान शसीराम बुढाथोकीले बताए ।

डेरी व्यवसायीहरुले निणर्य गरे अनुसार नेपाल सरकारले तोकेको गुणस्तरको एक लिटर दुधको खुद्रा मूल्य अब देखि ८० रुपैया हुने भएको छ । त्यसैगरी एक लिटर दहिको खुद्रा मूल्य ९० रुपैया, एक किलोग्राम घ्यूको खुद्रा मुल्य १ हजार २ सय रुपैया र एक किलोग्राम पनिरको मुल्य सात सय रुपैया निर्धारण गरिएको डेरी व्यवसायी गणेश डेरी उद्योगका सञ्चालक विनिल केसीले बताए । त्यसैगरी डेरी व्यवसायीहरुले गुणस्तरका आधारमा दुध खरिद गर्ने भएका छन् सोहि अनुसार किसानबाट डेरी उद्योगले खरिद गर्ने दुधको मूल्य समेत निर्धारण गरेका छन् । जस अनुसार प्रति फ्याट छ रुपैयाँ र प्रति एस.एन.एफ. तिन रुपैया १९ पैसा दुधको खरिद मुल्य निर्धारण गरिएको छ ।

फ्याट र एस.एन.एफका आधारमा आउने रकममा प्रति लिटर दुधमा थप चौध रुपैया जोडेर आउने रकममा दुध खरिद गर्ने डेरी व्यवसायी साकार सौरभ डेरी उद्योगका सञ्चालक साकार खड्काले जानकारी दिए । दुध तथा दुग्ध जन्यपदार्थको मुल्य समायोजन गर्ने विषयमा गत असार ३० गते तुलसीपुर उपमहानगरपालिका पशुविकास शाखाको संयोजनमा डेरी व्यवसायी, दुग्ध उत्पादक किसान र अन्य सरोकारवाला पक्षको बिचमा भएको थियो ।छलफलले नेपाल सरकारले तोके बमोजिमको दर रेटमा कम नहुने गरी दुधको मुल्य समायोजन गर्ने भन्ने निणर्य अनुसार तुलसीपुर क्षेत्रमा दुध तथा दुग्धजन्य पदार्थको खरिद तथा विक्रि मुल्य समायोजन गरिएको हाम्रो पहुँच डेरी उद्योग सञ्चालक संस्था हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले बताउनुभयो ।दाङको घोराही क्षेत्रमा गत बर्षदेखि नै दुध प्रति लिटर ८० रुपैया र दहि प्रति लिटर ९० रुपैया बिक्रि हुँदै आएको छ ।

प्रकाशित मिति : २०७७ साउन २ गते शुक्रवार
प्रतिक्रिया