२०८३ कार्तिक ११ गते मङ्गलवार

जीविकोपार्जनको लागी फलफूल खेतीः सांसद शर्मा

शिवु खनाल, देउखुरी, १४ असार । प्रदेश नम्बर ५ का सांसद रेवतीरमण शर्माको सिफारिसमा तीन गाउँमा ५ हजार बढी कागतीका विरुवा निःशुल्क वितरण गरिएको छ । व्यवासयीक फलफूल खेती गरी जनताको आर्थिक आम्दानी बढाउन र आर्थिक रुपमा बलियो बनाउन सांसद रेवतीरमण शर्माको सिफारिसका आधारमा भू–तथा जलाधार व्यवस्थापन कार्यालय दाङ तुलसीपुरले निर्वाचन क्षेत्र दाङ १(ख) अन्तरगतका तीन ओटा गाउँमा फलफूलको व्यवसायीक खेतीको लागी कागती, आँप र लिच्चिका विरुवा निःशुल्क वितरण गरिएको हो । घोराही उपमहानगरपालिका वडा नं. ३ मुसोट खोला, लमही नगरपालिका वडा नं. ८ निमुखुट्टी र राजपुर गाउँपालिका वडा नं. ७ गोठुवा गाउँमा करिब पाँच हजार ६ सय वोट कागती, ७ सय ५० वोट आँप र ८० वोट लिच्चिी वितरण गरिएको छ । सांसद रेवतीरमण शर्मा, भूतथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरका प्रमुख कृष्णप्रसाद पौडेलको बिशेष उपस्थितीमा तीन गाउँमा समुह मार्फत किसान माझ फलफूलका विरुवा वितरण गरिएको छ । ‘जीविकोपार्जनको लागी फलफूल खेती गरेर आम्दानी बढाउन सकिन्छ । यहाँको भुगोल कागती खेतीको लागी उपयुक्त छ । तपाईहरुले जती धेरै उत्पादन गर्नुहुन्छ सोही आधारमा सरकारले सहयोग गर्छ’ प्रदेश सभा सदस्य सांसद रेवतीरमण शर्माले भने ‘अवका तीन बर्ष भित्र कागतीले उत्पादन दिन सुरु गर्छ । त्यसपछी यहाँ कागती प्रसोधन उद्योग स्थाना परेर यहाँबाट अनेत्र कागतीको जुस विक्रिको लागी पठाउने सम्मको योजना बनाउन जरुरी छ । यहाँ कागती फल्यो । उद्योग स्थापना गरेर जुस वनाउन प्रसोधन प्लान्ट बनाउने जिम्मेवारी म लिन्छु । तर, यहाँहरुले कागती फलाउनु प¥यो ।’ मुसोटखोला टोल विकास संस्थाका अध्यक्ष हस्तराम बुढाथोकीको अध्यक्षता तथा माननीय सांसद रेवतीरमण शर्माको प्रमुख आतिथ्यता, भू–तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरका प्रमुख कृष्णप्रसाद पौडेल, सोही कार्यालयका सहायक संरक्षण अधिकृत महेन्द्र चौधरी, देउखुरी वहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष गणेश चौधरी, लमही खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष दण्डिराम चौधरी, नेपाल कम्यूनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य धुपनारायण चौधरी लगायतको उपस्थितीमा भएको कार्यक्रममा किसानलाई निःशुल्क रुपमा फलफूलका विरुवा वितरण गरिएको थियो । एक रुपैयाँ खर्च नगरेर फलफूलको विरुवा पाउदा किसान खुसी भएका छन् । ‘कागती लगाउने योजना थियो । तर, विरुवा किनेर ल्याउन सकेको थिएन । हाम्रो गाउँमा माननीय ज्यूले निःशुल्क रुपमा कागती वितरण गर्ने कार्यक्रम ल्याउनु भएकोमा खुसी छौं’ शान्ती पुनले भने ‘हामीले कागती फलाउछौं, विक्रि गरेर आम्दानी समेत गर्छाैं भन्ने योजनाका साथ लागेका छौं ।’ मुसोटखोलामा कार्यक्रमको सहजीकरण वडा सदस्य सुमन रोकाले गर्नु भएको थियो । लमही नगरपालिका वडा नं. ८ निमुखुट्टी गाउँमा शिवशक्ति टोल विकास संस्थाका अध्यक्ष ओमबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा किसानहरुले फलफूलको पकेट क्षेत्र बनाउनेगरी कार्यक्रम आएकोमा खुसी व्यक्त गर्नु भएको छ । निमुखुट्टी गाउँमा कार्यक्रमको सञ्चालन वलबहादुर घर्तीले गरे ।

प्रकाशित मिति : २०७७ असार १४ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।