शिवु खनाल
देउखुरी, १२ असार / लमही नगरपालिका अन्र्तगत व्यवसायिक रुपमा पशुपालक गर्ने कृषकलाई आहाराको रुपमा घाँसको बर्ना लमही नगरपालिकाले निशुल्क वितरण गरेको छ । शुक्रवार नगरपालिकाले सुपरनेपियर, भटमासे, बकैना र सिडसेल (किम्बु) गरि उन्नत चारजातको पोषिलो घाँसको बेर्ना वितरण गरेको लमही नगरपालिका पशुसेवा उपशाखा प्रमुख शिवराज न्यौपानेले जानकारी दिए ।
लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी र लमही नगरपालिकाका प्रवक्ता बिमहादुर केसीले संयुक्तमा कृषकलाई उन्नत जातको घाँसको बेर्ना वितरण गरिएको थियो । पशुपालक कृषकलाई व्यवसायिक तरिकाले पशुपालन व्यवसाय संचालन गर्नको निम्ती उन्नत जातको घाँसको बेर्ना वितरण गरेको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले बताए ।
‘अन्न उत्पादन गर्ने बारीमा घाँस खेती गरेर हाम्रो पशु व्यवसायलाई प्रर्वद्धन गर्नुस,’ नगरप्रमुख केसीले भने–‘त्यसका लागि नगरपालिकाले कृषकलाई सहयोग गर्छ ।’
प्रोटिनको मात्रा अधिक हुने प्रजातिको घाँसको बेर्ना प्राप्त गरे पछि किसानहरु हर्षित भएका छन् । उनीहरुले पाल्दै आएका बाख्रा, गाई र भैंसीलाई घाँस खेतीले सहयोग पुग्ने कृषक जाखन चौधरीले बताए ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।