२०८३ कार्तिक ११ गते मङ्गलवार

दाङमा रासायनिक मलको अभाव हुदैन्

ओपेन्द्र बस्नेत

तुलसीपुर,२५ बैशाख /   अघिल्ला बर्षहरु जस्तै यो बर्ष दाङमा रासायनिक मलको अभाव नहुने कृषी सामग्री कम्पनी लिमिटेडहरुले जानकारी दिएका छन् ।

अधिकांस किसानको घरमा रासायनिक मल पुगिसकेकाले मलको अभाव नहुने निश्कर्षमा दाङका कृषी सामग्री कम्पनीहरु पुगेका हुन् । खेतिपातिको समय नजिकिदै गर्दा दाङमा करिब ६० प्रतिशत किसानको घरमा रासायनिक मल पुगेकाले यो बर्ष मलको हाहाकार नहुने कृषी सामग्री संस्थान कम्पनि लिमिटेड तुलसीपुरका प्रमुख तीर्ज राज न्यौपानेले जानकारी दिए ।

तुलसीपुर 

न्यौपानेका अनुसार तुलसीपुर क्षेत्रमा बार्षिक करिब ३५ सय मेट्रिक टन युरिया र २५ सय मेट्रिक टन डिएपी आवश्यक पर्छ । जस अनुसार हालसम्म २२३८.७५० मेट्रिक टन युरिया विक्रीभइसकेको छ भने ३३१.७५० मेट्रिक टन मौजदात रहेको छ ।

त्यसैगरी १९८२.९ मेट्रिक टन डिएपी बिक्री भईसकेको छ भने २६५.१ मेट्रिक टन डिएपी मौजदात छ । त्यस्तै २०.७०० मेट्रिक टन पोटास बिक्री भईसकेको छ भने ३४.७५० मेट्रिक टन मौजदात छ ।

घोराही बार्षिक ३ हजार मेट्रिक टन युरिया आवश्यक पर्ने घोराहीमा अहिलेसम्म २७ सय मेट्रिक टन युरिया बिक्री भईसकेको छ भने ४६७ मेट्रिक टन मौजदात रहेको कृषी सामग्री कम्पनी लिमिटेड घोराहीका शाखा प्रमुख विष्णु केसीले जानकारी दिनुभयो ।

शाखा प्रमुख केसीका अनुसार २ हजार मेट्रिक टन डिएपी आवश्यक पर्ने घोराहीमा १९ सय मेट्रिक टन बिक्री भईसकेको छ भने ४ सय ३० मेट्रिक टन मौजदात छ । त्यस्तै ४६ मेट्रिक टन पोटास मौजदात छ ।  अघिल्लो बर्ष घोराहीले १५३४ मेट्रिक टन युरिया, ९१० मेट्रिक टन डिएपी र ३९ मेट्रिक टन पोटास बिक्री गरेको थियो ।

लमही बार्षिक १५ सय यूरिया र एक हजार डिएपी आवश्यक पर्ने लमहीमा अहिलेसम्म १३ सय मेट्रिक टन युरिया बिक्री भईसकेको छ भने एक सय ५० मेट्रिक टन मौजदात रहेको कृषी सामग्री कम्पनी लमहीका निमित्त प्रमुख घनश्याम कहाँरले जानकारी दिएका छन् ।

निमित्त प्रमुख कहाँरका अनुसार ९ सय मेट्रिक टन डिएपी बिक्री भईसकेको छ भने एक सय मेट्रिक टन मौजदात रहेको छ । त्यसैगरी ३० मेट्रिक टन पोटास बिक्री भईसकेको छ भने १५ मेट्रिक टन मौजदात रहेको छ ।  कृषी सामग्री कम्पनीहरुले गोदाम घर अहिले पनि खाली नभएकाले थप आवश्यक मल ल्याउन नसकिएको बताएका छन् ।

 
प्रकाशित मिति : २०७७ बैशाख २५ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।