दिप्तीशिखा चौधरी, दंगीशरण, २३ बैशाख
दंगीशरण ४ बैबाङ्गकी समानी चौधरी दंगीशरण गाउँपालिकाको कृषी कार्यालयमा राहत वितरण गर्दैछ भन्ने जानकारी पाएपछि राहत लिन आईपुगीन । उनीलाई चामल हो कि भन्ने लागेको रहेछ । तर बोरामा धानको विउँ हो भन्ने थाहा पाईन् । “बर्खा लाग्ने बेला किसानका लागि धानको बिउँ राहत स्वरुप दियो खुसी लाग्याछ ।” चौधरीले भनीन । दंगीशरण ३ कि झुपि वि.क पनि धानको बिउँ लिन कृषि कार्यालय सम्म आईपुगिन । धानको बिउँ पाईन्न कि भन्ने लाथ्यो तर बर्खा नलाग्दै पाईयो झुपिले भनीन । “लकडाउनका बेला यो साल बर्बाद हुन्छ भन्याथीम धेरै राम्रो भो” उनी खुसी ब्यक्त गर्दै भनीन् । समानी र झुपी जस्तै त्यहाँ राहत लिन आएकाहरु धानको बिउँ पाउँदा खुसी देखिन्थे ।
सहकर्मी समाज सुर्खेत द्धारा संचालीत कोशेली कार्यक्रम अन्र्तगत दंगीशरण गाउँपालिकाका सात वटै वडाका विपन्न, गरीव घरपरिवारलाई राहत स्वरुप धानको बिउँ बितरण गरेपछि उनीहरु खुसी भएका हुन् । दंगीशरण गाउँपालिका वडा न. १ का ७६ घर, वडा न. २ मा ३६ घर, वडा न. ३ मा ५० घर, वडा न. ४ मा ५५ घर, वडा न. ५ मा ६९ घर, वडा न. ६ मा ५७ घर गरी सबै वडाका विपन्न वर्गका ४ सय २४ घरलाई राहत स्वरुप ३ लाख १ हजार ६ सय बराबरको धानको बिउँ वितरण गरेको हो । यसैबिच धानको बिउँ बितरण कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले सहकर्मी समाजले समय सापेक्ष दंगीशरणका किसानलाई धानको बिउँ प्रदान गरेको भन्दै खुसी ब्यक्त गरे । विपन्न वर्गलाई दुई चरणको राहत स्वरुप दंगीशरण गाउँपालिका र विभीन्न संघसंथाले खाद्म सामग्री राहत स्वरुप प्रदान गरीसकेको भन्दै अध्यक्ष चौधरीले तेस्रो चरणमा विपन्न वर्गका किसानलाई धानको बिउँ आवश्यक परेको समयमा सहयोग समाजले गरेको यो सहयोगले थप सहयोग प्राप्त भएको भन्दै दंगीशरण गाउँपालिकाको तर्फ बाट धन्यवाद ज्ञापन गरे ।
चौधरीले भने सबैको सहयोग र सहकार्यबाट दंगीशरण गाउँपालिका भित्रका विपन्न वर्गका नागरीक मारमा परेका छैनन् । यस्तै उपाध्यक्ष पिमा कुमारी खड्काले विभीन्न संघसस्ंथाले सहयोगी हात अघि बढाएकाले गाउँपालिकालाई राहत बितरणमा सहज भएको बताईन् । बर्खाको सिजन आउँदै गर्दा धानको बिउँ वितरण गर्नु राम्रो कार्य भएको बताईन् । दंगीशरण गाउँपालिका भित्रका २ देखी १० कट्ठा सम्म जग्गा भएका, अधिया गरी खाने किसान, दलीत, जनजाती विपन्न घरपरीवारलाई लक्षीत गरेर प्रती कट्ठा २ केजीका दरले ५२ क्विन्टल धानको बिउँ बितरण गरिएको सहकर्मी समाज दाङका संयोजक पुनाराम पन्थीले जानकारी दिए ।
कोरोनाको महामारी बिश्वभरी फैलदै गर्दा र सरकारले लकडाउँनको समय थप गरीरहदा विपन्न वर्गका किसानहरु मारमा नपरुन भन्ने उद्धेश्यले समय सापेक्ष धानको बिउँ वितरण गरिएको संयोजक पन्थीले बताए । दंगीशरण गाउँपालिकामा ७ वटै वडाका बिपन्न बस्तीहरुमा ५२ वटा सामुदायीक समूह र वडा स्तरमा ७ वटा मूल समिती गठन गरेर काम गर्दै आएको सहकर्मी समाजले बिगत ३ बर्ष देखि बिकाश कोष नर्वेको आर्थीक सहयोगमा “कोशेली” कार्यक्रम संचालन गर्दै आएको छ ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।