तुलसीपुर, १० बैशाख
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले करिब १० विघाह क्षेत्रफलमा लगाएको अबैध लागु औषध अफिम खेति नष्ट गरेको छ ।
बस्ती बस्तीमा प्रहरी गस्ति अभियान अन्र्तग प्रहरीले सानिभेरी गाउँपालिका–३, ५ र ६ नम्बर वडाको करिब ४ विघाह क्षेत्रफलमा लगाएको अफिमखेति नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।
त्यसैगरी बाँफिकोट गाउँपालिका– ९ र १० को सेजे, ठूलाखर्क र जहारे गाउँ, त्यसैगरी आठबिसकोट नगरपालिका– १० नम्बर वडा तथा मुसीकोट नगरपालिका–८ को विभिन्न स्थानमा करिब ६ विघाह क्षेत्रफलमा लगाएको अफिमखेति नष्ट गरिएको प्रहरीले जनाएको छ ।
यस क्षेत्रमा प्रहरीले प्रत्येक बर्ष कम्तिमा पनि ३०/३५ विघा क्षेत्रफलमा लगाएको अफिम खेति नष्ट गर्दै आएको छ । यस क्षेत्रका स्थानीयले लुकिचोरी गरिने अफिम खेतिलाई गतिलो आर्थिक स्रोत बनाउदै आएका छन् ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।