जनप्रतिनिधिले कृषी उत्पादनमा चासो नदिएको गुनासो

तुलसीपुर, ९ चैत्र

‘हामीले दैनिक एक कुईन्टल च्याउ उत्पादन गरेर बिक्री गरिरहेका छौ । तुलसीपुरका मेयर घनश्याम पाण्डे र वडा नम्बर ८ का वडाध्यक्षलाई हामीले गरेको च्याउखेती आएर हेरिदिनुस भन्दा आउनु हुन्न । त्यसका कारण दबाब स्वरुप कार्यालयमै पुगेर २÷२ किलो च्याउ दिने सोच बनाएका छौ ।’

पारिवारीक निजी वन संघ नेपालले तुलसीपुरमा आयोजना गरेको सरोकारवाला निकायसंग अन्तरसंवाद कार्यक्रममा नवदुर्गा कृषी सहकारी संस्थाकाका सचिव खगेन्द्र प्रसाद काफलेको गुनासो थियो यो ।

४४ लाख लागतमा उत्पादन गरेका च्याउमा देखिएको संक्रमण रोक्न कृषी प्राविधिकलाई पटक पटक बोलाए पनि नआएको बताउदै सचिव काफलेले भाषणमा कृषि उत्पादन र अनुदानका कुरा गरेर मात्रै किसानहको आर्थिक अवस्थामा सुधार नआउने बताउनुभयो ।

त्यसकालागि उत्पादन भएका कषी उपजको बजारीकरण, कषी औजार तथा प्राविधिकको व्यवस्था, स्थानीय तहले गर्नु पर्ने माग राख्नु भयो । कार्यक्रममा अन्य सहभागीले बास्तविक किसान भन्दा पनि नक्कली किसानले अनुदान हडप्ने गरेको गुनासो समेत गरेका थिए ।

अन्तरसंवाद कार्यक्रममा किसान, उद्यमी, व्यापारी, खानेपानी, भूमि, पारिवारीक निजी वन, सामुदायिक वनसंग आवद्ध तथा वडादेखि स्थानीय तहका सरकार प्रमुख सम्मको सहभागिता थियो । किनकी निजी वन संघको उद्देश्यले लक्षित वर्गका लागि उठाएका मुद्दा सम्बन्धित निकायबाट सहजीलै कार्यान्वनको चरणमा पुगुन भन्ने नै छ ।

अन्तरसंवादमा परिवारीक निजी वन संघकको स्थानीय तह देखि प्रदेश हुदै संघिय सरकारसम्मको कानुनी जटिलता, संस्थाको भूमिका, तहगत नीति, खानेपानीको रणनीति लगाएतको विषयमा पनि व्यापक छलफल गरिएको थियो ।

पारिवारीक निजी वन संघ नेपालका केन्द्रिय अध्यक्ष जोगराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डे, पारिवारीक निजी वन संघका कार्यक्रम संयोजक प्रज्ञा दहाल, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई

संस्थाका अध्यक्ष खेमराज वली, सामुदायिक वन महासंघ तुलसीपुरका अध्यक्ष चन्द्रबहादुर वली, तुलसीपुर –४ का वडाध्यक्ष ध्रुव राना, शान्तिनगर गाउँपालिका–४ का वडाध्यक्ष धनबहादुर केसी, ३ का वडाध्यक्ष बिजय विक, सामुदायिक वन समूहका प्रतिनिधी, पारिवारीक निजी वन संघका प्रतिनिधी लगाएत ४० जनाको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण संघका केन्द्रिय उपाध्यक्ष मेघराज भुसाल र निजी वन संघका दाङ अध्यक्ष पदम केसीेले गरेका थिए ।

 

 

 

प्रकाशित मिति : २०७६ चैत्र ९ गते आइतवार
प्रतिक्रिया