२०८३ कार्तिक ११ गते मङ्गलवार

दुग्ध पदार्थ विविधीकरण तालिम सप्पन्न

निराश पाण्डे खैरनी, १८ फागुन / ७ दिने दुग्ध पदार्थ विविधीकरण द्वारा आए आर्जन सम्बन्धि तालिम खैरेनिमा सप्पन्न भएको छ । शान्तिनगर गाउँ पालिका वडा नम्बर ७ को आयोजना एबं पशु सेवा शाखा चिराघाटको प्राबिधिक सहयोगमा तालिम सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिङ डाँगीले तालिममा सिकेका कुरालाई व्यबहारमा लागू गर्नुपर्नेमा जोड दिए । वडा नम्बर ७ का वडा अध्यक्ष पिम लाल वलीको अध्यक्षतामा भएको तालिमा समापन अवसरमा शान्तिनगर गाउँ पालिकाका प्रमुख प्रसासकिय अधिकृत नर बहादुर विश्वकर्मा, सहभागी तीलबीर वली, ललिता केसी लगाएतले बोलेका थिए । जिरी प्राबिधिकका वरिष्ठ प्रशिक्षक डाक्टर रबिन्द्र मरहट्ठा प्रशिक्षक रहेको तालिममा ३५ जना सहभागी रहेका थिए भने तालिमको संचालन पशु स्वास्थ्य प्राबिधिक अमर वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन १८ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।