२०८३ कार्तिक ११ गते मङ्गलवार

खैरेनीमा दुग्ध पदार्थ विविधीकरण तालिम सुरु

निराश पाण्डे खैरेनी, १२ फागुन/ पश्चिम दाङको खैरेनीमा ७ दिने दुग्ध पदार्थ विविधीकरण तथा आए आर्जन तालिम आजदेखि सुरु भएको छ । शान्तिनगर गाउँ पालिका वडा नम्बर ७ को आयोजना एबं शान्तिनगर गाउँ पालिका पसुसेवा शाखा चिराघाटको प्राबिधिक सहयोगमा सुरु भएको तालिमको उद्घाटन शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिङ डाँगीले गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष डाँगीले तालिममा सिकेका कुराहरु व्यबहारमा कार्यान्वयन नहुदा सम्म तालिम लिएको सार्थकता नहुने बताउदै किसान हरुकालागि जिबिको पार्जन र आय आर्जन लागि गाउँ पालिकाले कृषि र पसुमा बिशेश ध्यान दिएको बताउनुभयो । वडा नम्बर ७ का वडा अध्यक्ष पिम लाल ओलिको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नर बहादुर बिस्वकर्मा , प्रशिक्षक रबिन्द्र मरहट्ठा, वडा सदस्य बुद्धिराम चौधरी लगाएतले बोलेका थिए । सात दिन सम्म संचालित उक्त तालीममा २५ जना पसुपालक किसानहरुको सहभागिता रहेकोे छ भने प्रशिक्षकमा जिरी प्राबिधिक शिक्षा लयका बरिष्ठ प्रशिक्षक डाक्टर रबिन्द्र मरहट्ठा रहेका छन् । वडा सचीव ज्ञान् बहादुर परियार को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण घनश्याम  वलीले गरेका थिए ।

प्रकाशित मिति : २०७६ फाल्गुन १२ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।