२०८३ कार्तिक ११ गते मङ्गलवार

तुलसीपुरमा ५ कृषकलाई पुरस्कृत गरिदैं

तुलसीपुर,१६ साउन । तुलसिपुर उपमहानगरपालिकाको कृषि शाखाले ५ जना कृषकलाई आज पुरष्कृत गर्ने भएको छ । गएको आर्थिक वर्ष ०७५,०७६ को वार्षिक कार्यक्रम अनुसार मेयर उत्कृष्ट कृषक पुरस्कारको लागि ५ जनालाई छनोट गरेको कृषि अधिकृत दिपक बुढाथोकिले जानकारी दिएका छन । मेयर उत्कृष्ट कृषक पुरस्कार छनोटमा तुलसीपुर उपमहानगरपालिका ७ का ब्यवसायिक च्याउ खेती गर्ने भदे पुन, १३ बाट व्यवसायीक तरकारी खेतीगर्ने नवराज रावत , वडा नम्बर ४ का ब्यवसायिक तरकारी खेती गर्ने दोलक बहादुर खत्री , वडा नम्बर ७ का बेसार व्यवसाय गर्ने जगदिश भण्डारी र वडा नम्बर २ का तरकारी व्यवसाय गर्ने सुरज चौधरी रहेका छन । उपमहानरको सभाहलमा आज दिउसो १२ बजे कार्यक्रमको आयोजना गरिएको छ ।

प्रकाशित मिति : २०७६ साउन १६ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।