२०८२ फाल्गुन १ गते शुक्रवार

दाङका तिन वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

तुलसीपुर, २ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्येनजर गर्दै दाङका तिन वटै निर्वाचन क्षेत्रमा आज(शुक्रवार)निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालय र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर २ को निर्वाचन अधिकृतको कार्यालय घोराहीमा उद्घाटन गरिएको छ ।
कार्यालयको उदघाटन मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद पण्डितले गर्नुभएको हो ।

यस्तैगरी निर्वाचन क्षेत्र नम्वर ३ को निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरमा उद्घाटन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जानकारी दिएको छ ।उच्च सरकारी वकिलको कार्यालयमा निर्वाचन अधिकृत चन्द्र बहादुर सिजाली मगरले निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्नुभएको हो ।

यस्तै निर्वाचन क्षेत्र नम्वर १ को निर्वाचन अधिकृतको कार्यालय लमहीमा उद्घाटन गरिएको छ । निर्वाचन अधिकृत कृष्ण प्रसाद नेपालले उदघाटन गर्नुभएको हो । घोराहीमा मुख्य निर्वाचन अधिकृत र अन्य दुई वटा निर्वाचन क्षेत्रको कार्यालय सम्बन्धित निर्वाचन अधिकृतले उद्घाटन गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागी यहि माघ ६ गते मनोनयन दर्ता गर्ने निर्वाचन तालिका रहेको छ ।

प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रवार
प्रतिक्रिया