सुनसरी,२८ भदौ । सुनसरीको इटहरी उपमहानगरपालिका–७, बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आज बिहान करिब २ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बालग्राम, इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घाइते दुवै जनाको उद्धार गरी बिहान ३ः२३ बजे उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो। उपचारका क्रममा मोटरसाइकल चालक सुनसरीको इनरुवा नगरपालिका–३ निवासी २९ वर्षीय पारस थापा,पछाडि सवार इनरुवा नगरपालिका–३ निवासी तथा जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारी ३४ वर्षीय सागर रेग्मीको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।