दाङ, २२ भदौ । तुलसीपुर उपमहानगरपालिका–११ उरहरी निवासी ५८ वर्षीया सुन्तली परियार स्तन क्यान्सरसँग संघर्ष गरिरहनु भएको छ । घरको आर्थिक अवस्था कमजोर हुनु भएकी परियार हाल काठमाडौंस्थित न्याम्स -वीर अस्पताल) मा उपचाररत हुनुहुन्छ ।परियारको अहिले किमोथेरापी -किमो) चलिरहेको छ। चिकित्सकको सल्लाह अनुसार थप उपचारका लागि अप्रेसन गर्नुपर्ने भएकाले त्यसका लागि ठूलो रकम आवश्यक पर्ने परिवारका आफन्तीले बताएका छन् । दुई छोरा रोजगारका लागि देश बाहिर रहेपनि ठुलो रकम जुटाउन सक्ने अवस्था नरहेको उहाको परिवारले बताएको छ ।केही महिना अघि श्रीमानको निधन भएपछि सुन्तलीको परिवार थप आर्थिक संकटमा परेको छ।
श्रीमानको निधनपछि घरको सहारा गुमाउनु भएकी उहा अहिले आफैं गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहनु भएको परिवारले बताएको छ ।उपचारमा लाग्ने खर्च जुटाउन कठिनाइ भएपछि सुन्तलीकी छोरी दिपिका विश्वकर्माले आमाको उपचारका लागि सहयोग गरिदिन सबैसँग अपिल गर्नुभएको छ । आर्थिक अवस्था कमजोर भएकाले परिवारको एक्लो प्रयासबाट उपचार खर्च जुटाउन सम्भव नभएको भन्दै उहाले समाजसेवी, संघसंस्था तथा देश–विदेशमा रहेका नेपाली दाजुभाईलाई सक्दो आर्थिक सहयोग गरिदिन अपिल गर्नुभएको छ । उहाले आफनी आमाको जिवनरक्षाका लागी सबैले सक्दो सहयोग गरिदिन आग्रह गर्दै सहयोग गर्न चाहानेहरुले मधु नेपालीको इसेवामा रकम जम्मा गर्न सकिने बताउनु भएको छ ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।