२०८३ भाद्र २४ गते बुधवार

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

धादिङ, २४ भदौ । धादिङको थाक्रे गाउँपालिका  १ खयरघारीस्थित पृथ्वी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना पुरुषको मृत्यु भएको छ । बुधबार बिहान गल्छीतर्फबाट काठमाडौं जाँदै गरेको बा ५७ प ४३२२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाईकल चालक जिल्ला धादिङ गल्छी गाउँपालिका –०५ सागिने बस्ने अन्दाजी ३३ वर्षीय मंगले भन्ने हरि तामाङ र मो.सा. पछाडी सवार सोही ठेगाना बस्ने २२ वर्षीय दिनेश तामाङ रहेका छन् । उक्त दुर्घटना सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको छ ।

प्रकाशित मिति : २०८३ भाद्र २४ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।