२०८३ असोज ५ गते सोमवार

एन्फाका कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ

काठमाडौँ , ५ असोज । खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) का दुई जना कर्मचारीलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई गएराति पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता अनुपमशमशेर जबराले राष्ट्रिय खेलकुद परिषद् (राखेप) केन्द्रीय कार्यालय त्रिपुरेश्वरको पत्र तथा वसन्त रिजालको निवेदनरजाहेरीका आधारमा अनुसन्धानका लागि जोशी र पाण्डेलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत ललितपुरबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता जबराले बताउनुभयो ।यसअघि सीआईबीले एन्फा कार्यालय सातदोबाटो ललितपुरमा छापा मार्दै केही कागजात नियन्त्रणमा लिएको थियो । अहिले एन्फा निलम्बनमा रहेको छ । तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर अन्तर्राष्ट्रिय फुटबल महासंघ-फिफा)ले नेपाललाई निलम्बनमा राखेको हो ।

प्रकाशित मिति : २०८३ असोज ५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।