दाङ, ११ मंसिर । लुम्बिनी प्रदेश तेक्वान्दो संघका सदस्य तथा अन्र्तराष्ट्रिय निर्णायक तेक्वान्दो प्रशिक्षक बम बहादुर विक सहितको १९ जनाको टोली चाईनाको गोन्जाउमा भएको अन्र्तराष्ट्रिय रेफ्रि रिफ्रेसर सम्बन्धी चार दिने तालिममा सहभागी भएर स्वदेश फर्किएको छ । नेपाल तेक्वान्दो संघ अन्र्तगत नेपालको प्रतिनिधित्व गर्दै उक्त टोली चिनको गोन्जाउ पुगेर चार दिन सम्म सन्चालन भएको तालिममा सहभागी भएको हो । लउक्त टोलीमा लुम्बिनी प्रदेश तेक्वान्दो संघबाट तेक्वान्दो प्रशिक्षक विक सहभागी हुनु भएको हो ।
वल्र्ड तेक्वान्दो १६० औँ ग्योरोगी अन्र्तराष्ट्रिय रेफ्रि रिफ्रेसर सम्बन्धी तालिम यहि नोभेम्भर १७ देखी २० (मंसीर १ देखी ४) गते सम्म चाईनाको गोन्जाउमा भएको हो । तालिममा भाग लिन नोभेम्वर १५ मा चिन प्रस्थान गरेको उक्त टोली २३ तारिखमा स्वदेश फर्किएको अन्र्तराष्ट्रिय निर्णायक तेक्वान्दो प्रशिक्षक विकले जानकारी दिनुभयो । वल्ड तेक्वान्दो अन्र्तराष्ट्रिय नयाँ नियम अनुसार तालिमको आयोजना गरिएको थियो । तालिममा नेपाल सहित विभिन्न देशका गरी तिन सय जना निर्णायकहरुको सहभागिता रहेको थियो ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।