२०८३ कार्तिक १० गते सोमवार

एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने

काठमाडौं ९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन्।

 

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बालेनले प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।

एनपीएल सुरु हुन लागेको अवसरमा प्रधानमन्त्री बालेनले नेपाली क्रिकेटप्रति शुभकामना व्यक्त गरेका छन्। उनले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा उल्लेख गर्दै केही वर्षमै यो खेलकुद उत्सवका रूपमा स्थापित भएको बताएका छन्।

प्रधानमन्त्रीले प्रतियोगितामा सहभागी हुन आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिता सफल बनाउन शुभकामना दिएका छन्। साथै, उनले ‘नेपाली क्रिकेट अमर रहोस्’ भन्ने सन्देशसमेत दिएका छन्।

प्रतियोगिताको उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। यी दुई टोलीबीचको खेल आज अपराह्न साढे ४ बजे सुरु हुने तालिका छ।

तेस्रो संस्करणको एनपीएलमा लुम्बिनी र सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति : २०८३ कार्तिक १० गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।