काठमाडौ, ३ कात्तिक । विश्वकप क्रिकेट लिग दुई अन्तर्गत सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई १० रनले पराजित गर्दै विश्वकप लिग-२ को अंक तालिकामा छैटौं स्थानमा रहेर लिगको अन्त गरेको छ। जितका लागि २ सय ८१ रनको लक्ष्य पछ्याएको ओमान २ सय ७० रनमा समेटिएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ८० रन बनायो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ८० रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ६९ रन बनाउनुभयो । पौडेलले ८१ बलमा समान २ चौका र छक्का प्रहार गर्दा ऐरीलेले ३ चौका र ४ छक्का प्रहार गर्नुभयो ।
त्यस्तै ओपनर देव खनालले ५७ रनको अर्धशतकीय इनिङ खेल्दा बसिर अहमदले १७ रन बनाए। ओमानका लागि साह फाइसलले ५ विकेट लिंदा जय ओडेड्राले ३ तथा समय ऋवास्तवले २ विकेट लिनुभयो । जवाफमा ओमानले राम्रो सुरुवात गरेपनि मध्य तथा पछिल्लो क्रमले त्यसलाई निरन्तरता दिन नसक्दा अन्तिम खेलमा जित निकाल्न असफल भयो।
जितसँगै ३६ खेलबाट ३० अंक बनाएर छैटौं स्थानमा रहेर लिगको अन्त गर्यो। क्यानडा २९ अंकका साथ सातौं स्थानमा धकेलिंदा युएइ १९ अंकका साथ तालिकाको पुछारमा रहेको छ। अंक तालिकामा अमेरिका ४९ अंक सहित च्याम्पियन बन्दा स्कटल्यान्ड ४५ अंक हित दोस्रो स्थानमा रह्यो भने नेदरल्यान्ड ३८ र ओमान ३३ अंक सहित शीर्ष चारमा रहेर विश्वकप छनोटमा सोझै स्थान बनाउन सफल भए। गत साइकलमा शीर्ष ६ मा रहेको टोलीले एकदिवसीय मान्यता प्राप्त गरेको भए पनि यो पटक आइसीसीले आधिकारीक रुमपा आफ्नो धारण सार्वजानिक गरेको छैन्। यद्यपी यो पटक पनि शीर्ष ६ ले एकदिवसीय मान्यता कायम राख्ने सम्भावना बलियो रहेको छ।




















टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।