तुलसीपुर, ११ मंसीर । तुलसीपुर १३ को चौथो संस्करणको वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि मजघटुवा ए समूहले हात पारेको छ । वडा कार्यालयले आयोजना गरेको प्रतियोगिताको विहिवार भएको फाइनल खेलमा बखरिया ए समूहलाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्दै साविकको फुलबारी गाविस वडा नम्वर ३ को मजघटुवा ए समूहले उपाधि चुमेको हो । प्रतियोगितामा मजघटुवा ए समूहसंग पराजित भएको बखरिया समूह उपविजेता बनेको छ ।
प्रतियोगितामा विजेता मजघटुवा ए समुहले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बखरिया ए ले २० हजार नगद, ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तैगरी भलिबल तर्फको फाइनल खेलमा बराखुटी समुहलाई हराउदै रनियापुर समुह प्रथम भएको छ । खेलमा प्रथम हुने टिमले नगद सात हजार रुपैया सहित प्रमाणपत्र र उपविजेताले नगद ५ हजार सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
महिला तर्फको रस्साकस्सी अर्थात डेरी तानातान प्रतियोगितामा देवी लामिछानेको समूहले प्रथम स्थान हासील गर्दै नगद ५ हजार रुपैया सहित प्रमाण पत्र प्राप्त गरेको छ । त्यसैगरी महिला तर्फकै ४०० मिटर दौड प्रतियोगितमा गंगा महतराले प्रथम स्थान हासिल गर्दै नगद २ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नु भएको छ । गत सोमवार ७ गतेदेखि सुरु भएको प्रतियोगितामा विभिन्न समुहले सहभागी जनाएका थिए ।




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।