काठमाडौ, १० कात्तिक । नेपाल प्रिमियर लिग-एनपीएल)को तेस्रो संस्करण हिजोदेखी सुरु भएको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हिजो प्रधानमन्त्री बालेन्द्र शाहले उद्घाटन गर्नुभएको हो । उद्घाटन खेलमा साबिक विजेता लुम्बिनीले विजयी सुरुवात गरेको छ । सुदूरपश्चिम रोयल्सले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका डार्सी सर्टले ४० र आशिफ शेखले ३२ रन बनाए । सुदूरपश्चिमका अनिल खरेलले दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७ ओभर २ बलमा ८७ रनमा अलआउट भएको थियो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए । लुम्बिनीका किशोर महतोले ४ र शेर मल्लले ३ विकेट लिए । सुदुरपश्चिम ७ वीकेटले पराजित भएको हो । एनपीएलमा आज दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो साढे १२ बजे चितवन राइनोज र विराटनगर किंग्सबीच हुनेछ भने बेलुका ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्नेछन् ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।