२०८३ असोज ५ गते सोमवार

त्रिपुरेश्वर बस आगलागी घटना : आरोपभन्दा पहिले तथ्य हेरौँ

आज काठमाडौँ ​त्रिपुरेश्वरमा घटेको बस आगलागीको घटना आफैँमा दुःखद छ । यस्ता घटना आगामी दिनमा घट्न नदिन सम्बन्धित सरोकारवाला निकै संबेदनसिल र जिम्मेवार हुनैपर्छ । यसै घटनालाई लिएर अहिले फेरि सामाजिक सञ्जालमा जुन किसिमले ट्राफिक प्रहरीमाथि दोष थुपार्ने र गलत भाष्य निर्माण गरि समाज भांड्ने प्रयास भइरहेको छ, त्यो अत्यन्तै दुःखद छ। ​

त्यस सार्वजनिक भिडियोलाई निष्पक्ष भएर हेर्ने हो भने स्पष्ट देखिन्छ—त्यहाँ बस चालक र अन्य व्यक्तिहरूबीच नै असमझदारी तथा विवाद भइरहेको छ। ड्युटीमा रहेका ट्राफिक प्रहरीले आफ्नो नियममित जिम्मेवारी अन्तर्गत सामान्य सोधपुछ गर्नु,गल्ती कमजोरी औल्याउनु,ट्राफिक नियम उलंघन गरेमा आबश्यक कारवाही प्रक्रिया अपनाउनु स्वभाबिक हुनुपर्ने होईन र ?

त्यहाँ स्पष्टत देखिएको छ कि ,सवारी चालकले खुदै ड्युटीमा खटिएका ट्राफिक प्रहरी माथीनै दुर्व्युवहार गरि आफ्नो ज्याद्रोपन देखाइरहेका छन् ,घटनास्थलमा रहेका स्थानीयले सम्झाउंदा मानिरहेका छैनन् ,सशस्त्र प्रहरी समेत उनको ज्याद्रोपनलाई सहज तुल्याउन र शान्त पार्न आएको देखिन्छ । यसर्थ पनि आफ्नो ड्युटी इमानदारीपूर्वक निभाइरहेका सुरक्षाकर्मीलाई विनाकारण दोषी देखाइ समाजलाई उद्देलित,भडकाउ र गलत दिशातर्फ भाड्ने कोशिस सर्वथा गलत छ।

अहोरात्र घाम, पानी,धुलो,धुंवा नभनी सडक सुरक्षा ब्यबस्थित र अनुशासनमा राख्न आफ्नो जिम्मेवारी निर्वाह गर्ने ट्राफिक प्रहरीलाई नियम पालना गराउन सहयोगी भूमिका निर्वाह गर्ने कि नियम पालना गराउन कटिबद्ध भयकै उसमा कथित ह्यारिसमेण्टको जामा पहिराइ एक कर्तव्यनिष्ठ प्रहरीको मनोबल गिराउनेरुयो सोचनिय बात रहेको छ। चिडचिडाहपन,अधैर्य,ज्याद्रोपन,जिद्दी र ढिट स्वभाव ,कुनै सम्झौता र समन्वय गर्ने सामान्य ढंग नपुगि आफ्नो ज्यान आफै हाल्न सक्ने एक किसिमको हठात र आबेग सहितको धम्कीको स्वर आबाजबाट यसै बुझिन्छ सवारी चालक आफैमा गम्भीर समस्या बोकेर हिडिरहेका जस्तो देखिन्छन् ।

यद्यपि नेपाल प्रहरी वा ट्राफिक प्रहरीको सदस्य यहि समाजको सकारात्मक या नकारात्मक गुण,दोष बोकेको ब्यक्ती भएको र उसमा कुनै दोष, खराबी या कमजोरीनै हुंदैनन यो पनि सहि तर्क होईन जरुर उसका कमजोरी हुन सक्छन् ,सेवा प्रवाहको क्रममा आम नागरिकलाइ अनावश्यक सास्ती र हैरानी दिन हुन्न भन्नेबारेमा ड्युटीमा खटिएको सुरक्षाकर्मी पनि उत्तिकै सचेत,जिम्मेवार मानबिय र संबेदनसिल हुनैपर्छ ।

यदि कुनै सदस्यबाट गल्ती भएको भए त्यसको निष्पक्ष छानबिन हुनुपर्छ र दोष प्रमाणित भए बिभागिय या कानुनअनुसार कारबाही पनि हुनुपर्छ। तर गल्ती प्रमाणित नभएसम्म आरोपलाई नै सत्य मानेर राष्ट्रसेवकलाई दोषी ठहर गर्नु न्यायोचित होइन। यसरी ​आफ्नो कमजोरी वा अन्य विवादको दोष सडकमा खटिएका राष्ट्रसेवकमाथि थुपारेर उनीहरूलाई हतोत्साहित बनाउने हर्कत बन्द गरिनुपर्छ। घटनाको सत्य तथ्यनै नबुझी सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्नुको साटो, सवारी नियमको पालना गरौँ र सडक सुरक्षामा खटिएका ट्राफिक प्रहरीलाई सहयोग गरौँ। कर्तव्यमा खटिएको प्रहरीको मनोबल गिराएर होइन, नियमको सम्मान गरेरनै सुरक्षित सडक र सभ्य यातायात संस्कार निर्माण हुन्छ।

  लेखक : राम बहादुर जीसी तुलसीपुर ६ दाङ
प्रकाशित मिति : २०८३ असोज ५ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।