तुलसीपुर, ७ अषाढ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको स्थापना दिवसको अवसरमा आयोजित आखाँ स्वास्थ्य शिविर कार्यक्रममा १ सय १० जनाले सेवा लिएका छन् । तुलसीपुर ५ वसपार्कमा आज आयोजित कार्यक्रममा यातायातका मजदुर र सर्वसाधारण नागरिकले आँखा जाँच गराएका हुन् । संगठनको ४६ औं स्थापना दिवसको अवसरमा देशभर एकसाथ विभिन्न कार्यक्रमहरु भईरहँदा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङले पनि साताव्यापी कार्यक्रमहरु गरिरहेको केन्द्रिय उप–महासचिव खगेन्द्र वहादुर वलीले जानकारी दिनुभएको छ ।
संगठनको स्थापना दिवसको अवसरमा अषाढ २ गते कार्यालय परिसरमा सरसफाई ३, ४ र ५ गते मजदुरसँग भेटघाट, ६ गते मानव सेवा आश्रम तुलसीपुरमा फलफुल वितरण र ७ गते आँखा स्वास्थ्य शिविरको आयोजना गरी कार्यक्रम सम्पन्न भएको उप–महासचिव वलीले वताउनुभयो । यस्तै अषाढ ८ गते भोली रक्तदान कार्यक्रम गर्न लागिएको उहाँले वताउनुभयो ।
भोली विहान ७ः०० वजे राप्ति प्रादेशिक अस्पतालमा रहेको रेडक्रसमा हुन लागेको रक्तदान कार्यक्रममा इच्छुक रक्तदाताहरुलाई उपस्थितिका लागि संगठनका जिल्ला अध्यक्ष दिपक कुमार वुढाथाकीले आहवान समेत गर्नुभएको छ । यस्तैे अषाढ ९ गते संगठनको स्थापनाको दिन यातायात क्षेत्रमा काम गर्ने मजुरदरहरुलाई सम्मान गर्ने र वेलुका दिप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।