२०८३ कार्तिक ११ गते मङ्गलवार

शान्तिनगरमा ५ लाख लागतमा सिंचाईको भवन निर्माण गरिदै

तुलसीपुर, ५ बैशाख ।  पश्चिम दाङको शान्तिनगरमा ५ लाख लागतमा सिंचाईको भवन निर्माण गर्न थालिएको छ । आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत भवनको सिलन्यास गर्नुभएको हो । भवन सिलन्यास गर्दै अध्यक्ष बस्नेतले पालिकाबासीलाई सेवा प्रदान गर्न सहज होस् भन्ने उदेश्यले सिंचाइको भवन निर्माण गर्न लागीएको बताउनुभयो । समितिमार्फत सिंचाइको काम भइरहेको भन्दै अब उपभोक्ताहरुलाई सहज हुने विस्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाबाट आर्थिक बर्ष २०८०/०८१ को बजेटमार्फत विनियोजन भएको ५ लाख रुपैयाँमा सो भवन निर्माण कार्य सुरु भएको वस्तिखोला सिंचाई जल उपभोक्ता समितिका अध्यक्ष हेमन्त डाँगीले जानकारी दिनुभयो । अहिले ५ लाख बजेटबाट काम हुन थालेको भन्दै अपुग भएमा पालिकाबाट थप रकम प्राप्त हुने उहाँले बताउनुभयो । भवन निर्माण भएपछि कार्यालयबाट सेवा प्रवाह गरिने भन्दै फाइल बोकेर हिड्नुपर्ने अवस्थाको समेत अन्त्य हुने उहाँले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।